बैंकमा जनताको पैसा १५ खर्ब ५२ अर्ब पुग्यो, कसको कति (सूचिसहित)
¨ काठमाडौं । बैंक तथा वित्तीय संस्थामा व्यक्तिगत निक्षेप झण्डै २ प्रतिशत वृद्धि भएको छ । गत भदौसम्म व्यक्तिगत निक्षेप बढेर १५ खर्ब ५२ अर्ब ७५ करोड रुपैयाँ पुगेको छ । चालु आर्थिक वर्षको २ महिनामा बैंक तथा वित्तीय संस्थामा व्यक्तिगत निक्षेप २७ अर्ब ४७ करोड रुपैयाँ थप भएको नेपाल राष्ट्र बैंकले जनाएका छ । कुल निक्षेपको ६० प्रतिशत बढी व्यक्तिगत रहेको छ । गत भदौसम्म बैंक तथा वित्तीय संस्थाको निक्षेप परिचालन बढेर २८ खर्ब ७५ अर्ब ७९ करोड रुपैयाँ पुगेको छ । चालु आर्थिक वर्षको २ महिनामा निक्षेप ३९ अर्ब १४ करोड रुपैयाँ थप भएको केन्द्रीय बैंकले सार्वजनिक गरेको विवरणमा उल्लेख छ । बैंक तथा वित्तीय संस्थामा बीमा कम्पनीहरुको १ खर्ब ८९ अर्ब ४४ करोड रुपैयाँ पुगेको छ । कर्मचारी संचय कोषको ५० अर्ब ९१ करोड र नागरिक लगानी कोषको ६३ अर्ब २७ करोड रुपैयाँ रहेको छ । यस्तै सार्वजनिक संस्थानको २ खर्ब ६४ अर्ब ९२ करोड, अन्तर बैंक निक्षेप ९७ अर्ब ६० करोड रुपैयाँ रहेको छ । बैंक तथा वित्तीय संस्थाहरुले लगानीयोग्य पुँजी (क्रेडिट क्रन्च) भएको बताए पनि व्यक्तिगत निक्षेप भने बढेको छ ।
एनआईसी एसिया बैंकमा २ सय जनालाई जागिर खुल्यो
काठमाडौं । एनआईसी एसिया बैंकमा २ सय जनाका लागि जागिर खुलेको छ । बैंकले बुधबार सार्वजनिक सूचना प्रकाशित गरेर २ सय जना ट्रेनी एसिसटेन्ट मागेको हो । ५० प्रतिशत अंक ल्याएर स्नातक तह उतिर्ण गरेका १८ बर्षदेखि ३० बर्ष उमेरभित्र समुहले आवेदन दिन सक्नेछन् । बैंकले नोभेम्बर १४ तारिख भित्र अनलाईन मार्फत आवेदन गरिसक्न भनेको छ । छनौटमा परेकाहरुलाई बैंकले देशै भरका कुनै पनि शाखा कार्यालयमा खटाउन सक्नेछ ।
किसान माइक्रोफाइनान्सको हकप्रद सेयर मंसिर २ देखि निष्कासन हुने
काठमाडौं । किसान माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले मंसिर २ गतेदेखि हकप्रद सेयर निष्कासन गर्ने भएको छ । संस्थाले चुत्तापुँजी बढाउन २ करोड ४० लाख रुपैयाँ बराबरको २ लाख ४० हजार २५० कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो । हकप्रद निष्कासन बन्द पुस ८ गते हुने निष्कासन तथा बिक्री प्रवन्धक सिभिल क्यापिटल मार्केट्स लिमिटेडले जनाएको छ । हकप्रद सेयर निष्कासनपछि संस्थाको चुत्तापुँजी ७ करोड २० लाख ७५ हजार रुपैयाँ पुग्ने छ । कात्तिक १२ गतेसम्म कायम रहेका सेयरधनीले मात्र हकप्रद सेयरमा आवेदन दिन सक्ने छन् ।