निफ्राको निक्षेपको ब्याजदर घट्यो, आधार दर बढ्यो

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले असोज १५ गतेदेखि लागू हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेको छ ।

बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदरअनुसार ‘शुभ पूर्वाधार बचत खाता’मा ५ वर्षदेखि ७ वर्ष अवधिका लागि संस्थागत निक्षेपकर्तालाई २.७५ प्रतिशत र व्यक्तिगत निक्षेपकर्तालाई ३.२५ प्रतिशत ब्याजदर तोकेको छ ।

यस्तै, सोही खातामा ७ वर्षदेखि १० वर्ष अवधिका लागि संस्थागत निक्षेपकर्तालाई ३ प्रतिशत र व्यक्तिगत निक्षेपकर्तालाई ३.५० प्रतिशत ब्याजदर निर्धारण गरिएको छ ।

यसअघि बैंकले शुभ पूर्वाधार बचत खातामा ५ वर्षदेखि १० वर्ष अवधिका लागि संस्थागत निक्षेपकर्तालाई ३.५० प्रतिशत र व्यक्तिगत निक्षेपकर्तालाई ४ प्रतिशत ब्याजदर दिँदै आएको थियो ।

त्यस्तै, १० वर्षभन्दा बढी अवधिका लागि संस्थागत निक्षेपकर्तालाई ३.२५ प्रतिशत र व्यक्तिगत निक्षेपकर्तालाई ३.७५ प्रतिशत ब्याजदर तोकिएको छ । यसअघि उक्त अवधिका लागि संस्थागततर्फ ४ प्रतिशत र व्यक्तिगततर्फ ४.५० प्रतिशत ब्याजदर रहेको थियो ।

कर्जातर्फ भने बैंकले आधार दरमा अधिकतम ३ प्रतिशतसम्म प्रिमियम थप गर्ने जनाएको छ । बैंकको नयाँ आधार दर ६.७७ प्रतिशत रहेको छ । बैंकका अनुसार प्रोजेक्ट लोनमा आधार दरमा ३ प्रतिशत प्रिमियम तथा ब्रिज ग्याप लोनमा आधार दरमा ०.५० प्रतिशत प्रिमियम थप हुनेछ ।

यसअघि बैंकको आधार दर ६.७६ प्रतिशत रहेको थियो ।

Share News