चीनको सिचुआनमा ५.१ म्याग्निच्युडको भूकम्प

काठमाडौं । दक्षिण–पश्चिम चीनको सिचुआन प्रान्तस्थित लोङचाङ शहरमा शुक्रबार ५.१ म्याग्निच्युडको भूकम्प गएको छ । चाइना अर्थक्वेक नेटवर्क सेन्टर (सीईएनसी) का अनुसार बेइजिङ समयअनुसार शुक्रबार दिउँसो १ः१३ बजे सो भूकम्प गएको हो ।   भूकम्पको केन्द्रबिन्दु २९.२३ डिग्री उत्तरी अक्षांश र १०५.२२ डिग्री पूर्वी देशान्तरमा रहेको मापन गरिएको छ । सीईएनसीका अनुसार उक्त भूकम्प जमिनको सतहबाट १३ किलोमिटर गहिराइमा गएको थियो ।  

बाढीबाट प्रभावित नेपाललाई सहयोग गर्ने ट्रम्पको घोषणा

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नेपाललाई आवश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन् । अमेरिकी समाचार संस्था एनबिसी न्युजका अनुसार बिहीबार ह्वाइट हाउसमा आयोजित कार्यक्रममा सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै राष्ट्रपति ट्रम्पले नेपाललाई आवश्यक पर्ने जुनसुकै सहयोग गर्न अमेरिका तयार रहेको बताए ।  लेक ओन्टारियोको नाम परिवर्तनसम्बन्धी कार्यकारी आदेशमा हस्ताक्षर गर्न आयोजित समारोहपछि ट्रम्पले भोटेकोशी बाढीबाट नेपालमा भएको क्षतिबारे जानकारी लिएको बताएका थिए ।  उनले नेपालका अधिकारीहरूसँग बाढीबाट भएको क्षतिबारे जानकारी लिएपछि आवश्यक सहयोग गर्न अमेरिका तयार रहेको जानकारी गराएको बताएका छन् ।  भोटेकोशी बाढीबाट नेपालका विभिन्न क्षेत्रमा ठूलो जनधनको क्षति भएपछि अन्तर्राष्ट्रिय समुदायबाट समेत सहयोग र चासो व्यक्त भइरहेका बेला अमेरिकी राष्ट्रपतिको यस्तो प्रतिबद्धता आएको हो ।

भोटेकोशी बाढीबाट चीनका तीन जनाको मृत्यु, ५५८ बेपत्ता

काठमाडौं । चीनको दक्षिण–पश्चिम सिजाङ (तिब्बत) स्वायत्त क्षेत्रस्थित नेपाल–चीन सीमा नाकामा गएको पहिरोमा परी तीन जनाको मृत्यु भएको छ भने ५ सय ५८ जना अझै बेपत्ता छन् ।  स्थानीय अधिकारीहरूले बिहीवार बिहान सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार पहिरोमा परेका दुई जना स्थानीय बासिन्दालाई भने सकुशल उद्धार गरिएको छ ।  जिरोङ (केरुङ) काउन्टीस्थित सीमा नाकामा बुधवार बिहान पहिरो गएको हो । आधिकारिक जानकारीअनुसार पहिरो नेपाली भू–भागबाट सुरु भई सीमावर्ती नाका क्षेत्रमा ठोक्किएको थियो ।   बिहीवार बिहान ८ बजे आयोजित पत्रकार सम्मेलनमा स्थानीय अधिकारीले घटनाबारे जानकारी दिँदै बेपत्ता व्यक्तिहरूको खोजी कार्य जारी रहेको बताएका छन् ।  सिजाङको जिरोङ काउन्टी नेपालसँगको व्यापारिक दृष्टिकोणले महत्त्वपूर्ण नाका मानिन्छ ।