बैंकहरूको नाफा १९.१४ अर्ब, ३ बैंकको घट्यो

काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को तीन महिनामा अधिकांश बैंकहरूको नाफा बढेको छ । विकासन्युजलाई प्राप्त तथ्याङ्क अनुसार चालु आवको असोजसम्म बैंकहरुको खुद नाफा ४५.५९ प्रतिशत बढेर १९ अर्ब १४ करोड ५४ लाख रुपैयाँ नाफा आर्जन गरेका छन् । जबकि गत वर्षको सोही अवधिमा बैंकहरुले १३ अर्ब १४ करोड ९८ लाख रुपैयाँ हाराहारी मात्रै नाफा गरेका थिए । समीक्षा अवधिमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबि)ले सबैभन्दा उच्च नाफा वृद्धि गरेको छ । बैंकको खुद नाफा गत आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा २५२२.४६ प्रतिशतले बढेर १ अर्ब १८ करोड १४ लाख २१ हजार रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा बैंकले ४ करोड ५० लाख ५० हजार रुपैयाँ मात्रै खुद नाफा आर्जन गरेको थियो । यस्तै, कृषि विकास बैंकको नाफा १८०३.७१ प्रतिशत बढेर १० करोड ९२ लाख ३५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले ५७ लाख ३८ हजार रुपैयाँ मात्रै खुद नाफा आर्जन गरेको थियो त्यस्तै, राष्ट्रिय वाणिज्य बैंकको खुद नाफा १७५.५२ प्रतिशतले बढेर १ अर्ब ६४ करोड ९६ लाख ३७ हजार रुपैयाँ पुगेको छ । सिद्धार्थ बैंकको नाफा १६२.७५ प्रतिशतले बढेर ८५ करोड १५ लाख ६५ हजार रुपैयाँ पुगेको छ भने सानिमा बैंकको नाफा १३१.१३ प्रतिशतले बढेर १ अर्ब ५ करोड १४ लाख ६८ हजार रुपैयाँ पुगेको छ । लक्ष्मी सनराइज बैंकको नाफा ९६.६० प्रतिशतले बढेर ६५ करोड ३३ लाख ८५ हजार रुपैयाँ पुगेको छ । नबिल बैंकले २ अर्ब ५५ करोड ५१ लाख ५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत वर्षको तुलनामा ४५.४२ प्रतिशत बढी हो । नबिल बैंकले समीक्षा अवधिमा सबैभन्दा धेरै खुद नाफा कमाएको छ । नेपाल बैंकको नाफा ४१.४५ प्रतिशतले बढेर ८३ करोड २१ लाख ८७ हजार रुपैयाँ पुगेको छ । माछापुच्छ्रे बैंकको ३१.८६ प्रतिशतले बढेर ५५ करोड ११ लाख ५१ हजार रुपैयाँ र एनएमबि बैंकको २७.१० प्रतिशतले बढेर १ अर्ब १६ करोड ४२ लाख ८२ हजार रुपैयाँ पुगेको छ । त्यस्तै, ग्लोबल आइएमई बैंकको खुद नाफा २४.४८ प्रतिशतले बढेर २ अर्ब ३१ करोड ३८ लाख रुपैयाँ पुगेको छ । नेपाल एसबिआई बैंकको १०.०९ प्रतिशतले बढेर ५५ करोड २२ लाख १५ हजार रुपैयाँ, प्रभु बैंकको ८.१० प्रतिशतले बढेर ६० करोड ३७ लाख २१ हजार रुपैयाँ र एभरेष्ट बैंकको ६.२२ प्रतिशतले बढेर १ अर्ब २५ करोड २७ लाख १९ हजार रुपैयाँ पुगेको छ । एनआइसी एशिया बैंकको नाफा ४.३२ प्रतिशतले बढेर १२ करोड ७४ लाख ४२ हजार रुपैयाँ पुगेको छ भने कुमारी बैंकको १.७० प्रतिशतले बढेर १ अर्ब ७ करोड ४५ लाख ५ हजार रुपैयाँ पुगेको छ । तीन बैंकको खुद नाफा भने घटेको छ । स्ट्याण्डर्ड चार्टर्ड बैंकको नाफा २.९९ प्रतिशतले घटेर ६७ करोड १४ लाख ४४ हजार रुपैयाँमा सीमित भएको छ । प्राइम बैंकको नाफा ५.६२ प्रतिशतले घटेर १ अर्ब १८ करोड ७६ लाख ५७ हजार रुपैयाँ र हिमालयन बैंकको नाफा ६.८३ प्रतिशतले घटेर ६५ करोड ४८ लाख ३१ हजार रुपैयाँ कायम भएको छ । सिटिजन्स बैंक भने गत वर्षको पहिलो त्रैमासमा २२ करोड ४ लाख ११ हजार रुपैयाँ खुद नोक्सानीमा रहेकामा चालु आवको सोही अवधिमा १० करोड ७७ लाख ३ हजार रुपैयाँ खुद नाफामा फर्किएको छ ।

२ हजार ५२२ प्रतिशत बढ्यो एनआईएमबिको नाफा, यस्ता छन् अन्य सूचक

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबि) को चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा खुद नाफा २ हजार ५२२ प्रतिशत बढेर १ अर्ब १८ करोड १४ लाख २१ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासमा बैंकले ४ करोड ५० लाख ५० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।  चालु आवको असोजसम्ममा बैंकको खुद ब्याज आम्दानी ३ अर्ब २७ करोड १६ लाख ८५ हजार रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले ३ अर्ब २४ करोड ३१ लाख २५ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । समीक्षा अवधिमा बैंकले ५९ करोड २१ लाख १४ हजार रुपैयाँ खुद शुल्क तथा कमिसन आम्दानी, ४ अर्ब ३४ करोड ९४ लाख ७९ हजार रुपैयाँ कुल सञ्चालन आम्दानी र १ अर्ब ६९ करोड ७ लाख ५ हजार रुपैयाँ सञ्चालन नाफा गरेको छ ।  समीक्षा अवधिमा बैंकको वितरणयोग्य नाफा ५ अर्ब १६ करोड १६ लाख ३० हजार रुपैयाँ ऋणात्मक रहेको छ ।  असोजसम्ममा बैंकको निक्षेप संकलन १०.७५ प्रतिशत बढेर ५ खर्ब ४० अर्ब ७९ करोड ६९ लाख रुपैयाँ र कर्जा प्रवाह ०.३३ प्रतिशत बढेर ३ खर्ब २२ अर्ब ४१ करोड १२ लाख रुपैयाँ गरेको छ । गत वर्षको असोजसम्ममा बैंकले ५ खर्ब २६ अर्ब ६३ करोड २० लाख रुपैयाँ निक्षेप संकलन गरी ३ खर्ब २१ अर्ब ३४ करोड २० लाख रुपैयाँ कर्जा लगानी गरेको थियो ।  समीक्षा अवधिमा बैंकको निक्षेप तथा कर्जा अनुपात (सीडी रेसियो) ६६.७३ प्रतिशत रहेको छ ।  बैंकको प्रतिसेयर आम्दानी ०.५३ रुपैयाँबाट बढेर १३.८५ रुपैयाँ पुगेको छ । यस्तै बैंकको प्रतिसेयर नेटवर्थ २००.८८ रुपैयाँ रहेको छ भने मूल्य आम्दानी अनुपात १४.८९ गुणा रहेको छ ।  गत वर्षको असोजमा ६.६३ प्रतिशत रहेको खराब कर्जा चालु आवको असोजमा बढेर ८.८७ प्रतिशत पुगेको छ ।

ग्लोलब आइएमई बैंकको नाफा २.३१ अर्ब रुपैयाँ, विजनेश ग्रोथ ७.४८ प्रतिशत

काठमाडौं । ग्लोलब आइएमई बैंकको चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा खुद नाफा २४.४८ प्रतिशत बढेर २ अर्ब ३१ करोड ३८ लाख रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासमा बैंकले १ अर्ब ८५ करोड ८६ लाख ५० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।  चालु आवको असोजसम्ममा बैंकको खुद ब्याज आम्दानी ४ अर्ब १९ करोड ३२ लाख ५४ हजार रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले ४ अर्ब १३ करोड ३० लाख ६३ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । समीक्षा अवधिमा बैंकले १ अर्ब २२ करोड १२ लाख ९० हजार रुपैयाँ खुद शुल्क तथा कमिसन आम्दानी, ६ अर्ब ८ लाख ६४ हजार रुपैयाँ कुल सञ्चालन आम्दानी र ३ अर्ब २२ करोड २५ लाख २९ हजार रुपैयाँ सञ्चालन नाफा गरेको छ ।  समीक्षा अवधिमा बैंकको वितरणयोग्य नाफा २ अर्ब ७ करोड २ लाख २० हजार रुपैयाँ रहेको छ । यस आधारमा बैंकको लाभांश क्षमता १७.७५ प्रतिशत रहेको छ ।  असोजसम्ममा बैंकको निक्षेप संकलन ३.११ प्रतिशत बढेर ६ खर्ब ९० अर्ब रुपैयाँ र कर्जा प्रवाह ७.४८ प्रतिशत बढेर ४ खर्ब ७१ अर्ब ९६ करोड ४९ लाख रुपैयाँ गरेको छ । गत वर्षको असोजसम्ममा बैंकले ६ खर्ब ६९ अर्ब १७ करोड १४ लाख रुपैयाँ निक्षेप संकलन गरी ४ खर्ब ३९ अर्ब ८ करोड ८५ लाख रुपैयाँ कर्जा लगानी गरेको थियो । समीक्षा अवधिमा बैंकको निक्षेप तथा कर्जा अनुपात (सीडी रेसियो) ७०.११ प्रतिशत रहेको छ ।  बैंकको प्रतिसेयर आम्दानी १९.५१ रुपैयाँबाट बढेर २३.३५ रुपैयाँ पुगेको छ । यस्तै बैंकको प्रतिसेयर नेटवर्थ १७५.७७ रुपैयाँ रहेको छ भने मूल्य आम्दानी अनुपात १०.८८ गुणा रहेको छ ।  समीक्षा अवधिमा बैंकले खराब कर्जा (एनपीएल) घटाएको छ । गत वर्षको असोजमा ४.९८ प्रतिशत रहेको खराब कर्जा चालु आवको असोजमा घटेर ४.७९ प्रतिशतमा झारेको छ ।