काठमाडौं । ज्योति विकास बैंकले गैरबैंकिङ सम्पत्ति बिक्रीमा राखेको छ । बैंकले आफ्नो नाममा रहेको विभिन्न स्थानका जग्गा बिक्री गर्न लागेको हो ।
बैंकले विभिन्न स्थानमा रहेका १५० कित्ता घरजग्गा बिक्रीमा राखेको जनाएको छ । बैंकका अनुसार झापा, मोरङ, महोत्तरी, रुपन्देही, धनुषा, प्युठान, बर्दिया, नवलपरासी, स्याङ्जा, चितवन, तनहुँ, नुवाकोट, कैलाली, काठमाडौं, ललितपुर, कास्की, सर्लाही र बाराका विभिन्न स्थानमा रहेका जग्गा बिक्री गरिनेछ ।
बैंकले बिक्रीमा राखिएका जग्गा खरिद गर्न इच्छुक व्यक्ति तथा संस्थाले सम्बन्धित शाखा कार्यालयमा सम्पर्क गर्न सक्ने जनाएको छ ।
