५१ वटा सटरको मूल्य ५ लाख, गोदामको ९ हजार

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आफ्नो स्वामित्वमा रहेका गोदाम तथा सटरहरू दुई वर्षका लागि भाडामा दिने भएको छ । कम्पनीले काठमाडौं महानगरपालिका-२८ भृकुटीमण्डप स्थित ५१ वटा सटर र काठमाडौं-११ स्थित भद्रकाली प्लाजामा रहेको गोदाम नम्बर १० दुई वर्षका लागि भाडामा लगाइने जनाएको हो । 

५१ वटा सटरको न्यूनतम मासिक भाडादर करसहित ५ लाख रुपैयाँ र गोदाम नम्बरको न्यूनतम मासिक भाडादर करसहित ९ हजार २० रुपैयाँ तोकिएको छ । 

इच्छुक व्यक्ति, फर्म, संस्था वा कम्पनीलाई दरभाउपत्र पेस गर्न आह्वान गरेको छ । सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र कम्पनीबाट एक हजार रुपैयाँ तिरेर दरभाउपत्र खरिद गर्न सकिनेछ ।

खरिद गरिएको दरभाउपत्र १६औँ दिन दिउँसो १२ बजेसम्म पेस गर्नुपर्नेछ । प्राप्त दरभाउपत्र सोही दिन दिउँसो २ बजे खोलिने कम्पनीले जनाएको छ ।

Share News