सीबीआईएल क्यापिटललले संस्थापकलाई हकप्रद सेयर निष्कासन गर्यो, आईपीओ पनि ल्याउदै

<p>काठमाडौं । सिटिजन्स बैंकअन्र्तगतको सीबीआईएल क्यापिटल लिमिटेडले चुत्तापुँजी बढाउन हकप्रद सेयर निष्कासन गर्ने भएको छ । सीबीआईएलको बुधबार बसेको १२ औं वार्षिक साधारणसभाले १७ प्रतिशत हकप्रद सेयर निष्कासनको निर्णय गरेको प्रमुख कार्यकारी अधिकृत (सीईओ) समीरप्रसाद दाहालले बताए । ३५ दिनभित्र हकप्रद सेयर खरिद गर्न समय दिएको उनले जानकारी दिए । हकप्रद निष्कासनपछि संस्थाको चुत्तापुँजी बढेर [&hellip;]</p>

काठमाडौं । सिटिजन्स बैंकअन्र्तगतको सीबीआईएल क्यापिटल लिमिटेडले चुत्तापुँजी बढाउन हकप्रद सेयर निष्कासन गर्ने भएको छ । सीबीआईएलको बुधबार बसेको १२ औं वार्षिक साधारणसभाले १७ प्रतिशत हकप्रद सेयर निष्कासनको निर्णय गरेको प्रमुख कार्यकारी अधिकृत (सीईओ) समीरप्रसाद दाहालले बताए ।

३५ दिनभित्र हकप्रद सेयर खरिद गर्न समय दिएको उनले जानकारी दिए । हकप्रद निष्कासनपछि संस्थाको चुत्तापुँजी बढेर २० करोड रुपैयाँ पुग्ने छ । क्यापिटलले ३ करोड रुपैयाँको हकप्रद सेयर निष्कासन गरेको हो । संस्थाको चुत्तापुँजी १७ करोड रुपैयाँ छ ।

कम्पनीले ३ करोड रुपैयाँ बराबरको ३ लाख कित्ता साधारणसेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । उसले आईपीओ निष्कासन गर्नका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । आईपीओ निष्कासन गर्न ढिलाइ भएपछि तत्काल हकप्रद सेयर निष्कासन गरेर चुत्तापुँजी २० करोड रुपैयाँ पर्याउने उनले जानकारी दिए । हकप्रद निष्कासनपछि पनि आईपीओ जारी गर्ने दाहालले बताए ।

Share News