बैंकिङ जिज्ञासा अब च्याटबाटै, माछापुच्छ्रे बैंकले ल्यायो ‘माया’

काठमाडौं । माछापुच्छ्रे बैंकले ग्राहकलाई सहज र स्मार्ट बैंकिङ सेवा उपलब्ध गराउने उद्देश्यले नयाँ ग्राहक सेवामुखी च्याटबोट ‘माया’ सार्वजनिक गरेको छ ।

बैंकका अनुसार ग्राहकले बैंकको आधिकारिक वेबसाइटमा रहेको ‘माया’को आइकनमा क्लिक गरेर च्याटमार्फत आफ्ना बैंकिङसम्बन्धी जिज्ञासा राख्न सक्नेछन् ।

ग्राहकलाई प्राथमिकतामा राखेर विकास गरिएको ‘माया’ अन्तरक्रियात्मक डिजिटल प्लेटफर्म हो । नियमित बैंकिङसम्बन्धी जानकारी लिन शाखामा पुग्नुपर्ने वा बैंकका कर्मचारीसँग प्रत्यक्ष सम्पर्क गर्नुपर्ने आवश्यकता कम गर्ने उद्देश्यले यो च्याटबोट सञ्चालनमा ल्याइएको बैंकले जनाएको छ ।

‘माया’मार्फत ग्राहकले आवश्यक बैंकिङ जानकारी सहज रूपमा प्राप्त गर्न सक्नेछन् । यसबाट प्रविधिको प्रभावकारी प्रयोगमार्फत ग्राहकलाई थप सहज र ग्राहककेन्द्रित बैंकिङ अनुभव प्रदान गर्न सहयोग पुग्ने बैंकको विश्वास छ ।

बैंकले ‘माया’को क्षमता र कार्यसम्पादनलाई आगामी दिनमा निरन्तर सुधार तथा परिष्कृत गर्दै लैजाने जनाएको छ । ग्राहकबाट प्राप्त सुझाव तथा प्रयोगबाट सिक्दै च्याटबोटको शुद्धता र उपयोगितालाई थप बढाउँदै लगिने बैंकले जनाएको छ ।

बैंकका अनुसार ‘माया’को सुरुवातले प्रविधिमैत्री तथा स्मार्ट बैंकिङ सेवा विस्तार गर्ने बैंकको दृष्टिकोणलाई थप सहयोग पुग्नेछ ।

Share News