सिद्धार्थ बैंकले २ अर्ब २५ करोडको ऋणपत्र ल्याउदै, वार्षिक १०.५ प्रतिशत ब्याज दिने

काठमाडौं । सिद्धार्थ बैंकले पनि ऋणपत्र (डिवेन्चर) निष्कासन गर्ने भएको छ । बैंकले २ अर्ब २५ करोड रुपैयाँ बराबरको २२ लाख ५० हजार इकाई निष्कासन गर्न लागेको हो । बैंकको प्रतिईकाई १ हजार रुपैयाँ छ । ऋणपत्र निष्कासन गर्न बैंकले नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । बैंकले वार्षिक १०.५ प्रतिशत ब्याजमा एसबीएल डिबेञ्चर २०८२ रहेको छ । डिवेञ्चरको अवधि ७ वर्ष रहेको छ । बैंकले एनआईबीएल एस क्यापिटल लिमिटेड रहेको छ । चालु आर्थिक वर्षमा एनआईसी एसिया बैंकले ऋणपत्र निष्कासन गरिसकेको छ भने सानिमा बैंकले ल्याउन अनुमति पाएको छ ।

ग्लोबल आइएमई बैंकले ल्यायो नयाँ योजना, क्यू एस सिनेमाको २ वटा टिकट खरिदमा एउटा सित्तैमा पाइने

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको मोबाइल बैंकिङ्ग एप्लिकेशन(ग्लोबल स्मार्ट) मार्फत क्यू एस सिनेमाको २ वटा टिकटको खरिदमा १ वटा टिकट निशुल्क प्रदान गर्ने योजना ल्याएको छ । उक्त योजना अन्तर्गत ग्लोबल आइएमई बैंकका ग्राहकले ग्लोबल स्मार्ट एप्लिकेशनको क्यू आर कोर्ड मार्फत क्यू एस सिनेमाको टिकटको रकम भुक्तानी गर्दा २ वटा टिकटको खरिदमा १ वटा टिकट निःशुल्क प्राप्त गर्नेछन् । राजधानीको दरबारमार्ग राइजिङ्ग मलमा रहेको क्यू एस सिनेमाको टिकट खरिदमा पहिलोपटक ग्लोबल आइएमई बैंकको क्यू आर कोर्ड मार्फत रकम भुक्तानी हुन लागेको बैंकले जनाएको छ । हाल बैंकले १३२ शाखा, १४० एटिएम, ६ एक्सटेन्सन काउण्टर, १५ राजश्व संकलन काउण्टर, १०४ शाखा रहित बैंकिङ्ग सेवा र देश बाहिर ३ प्रतिनिधि/सम्पर्क कार्यालय माफर्त ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको छ ।

गाेर्खा फाइनान्सबाट बाहिरिए राकेश अडूकिया, १०० रूपैयाँकाे दरले साढे २ लाख कित्ता सेयर बिक्री

काठमाडौं । सेयर बजारका चर्चित लगानीकर्ता राकेश अडूकियाले गाेर्खा फाइनान्स लिमिटेडमा रहेकाे सबै प्रमाेटर सेयर बेचेका छन् । उनले साेमबार २ लाख ५७ हजार ८५० कित्ता प्रमाेटर शेयर बेचेका छ्न् । सेयर बजारमा मूल्य र काराेबार दुबै गएकाे अवस्थामा उनले प्रतिकित्ता १०० रूपैयाँकाे दरले संस्थापक सेयर बेचेका हुन् । कुल २ करोड ५७ लाख ८५ हजार रूपैयाँमा भएकाे उक्त काराेबार काराेबार ६२ वटा स्क्रिपमा भएकाे छ । सम्पूर्ण शेयरहरु श्रीहरि सेक्युरिटिज (ब्रोकर नं ५६) बाट बिक्री भएको थियाे भने श्रीकृष्ण सेक्युरिटिज (ब्रोकर नं २८) ले खरिद गरिदिएको थियो । सेयर बजारमा साना लगानीकर्ताले मात्र गुमाउने हाेइन, ठूला लगानीकर्ताले पनि ठूलै रकम गुमाउन सक्ने उदाहरण छाेड्दै उनी यस कम्पनीबाट बाहिरीएका छन् । प्रमाेटर सेयर सबै बेचेपनि उनीसँग यस फाइनान्सकाे साधारणा सेयर अझै बाँकी रहेकाे बताइएकाे छ । अडुकियाले बेचेका सम्पूर्ण शेयरहरु गोर्खा फाइनान्सका अन्य प्रवद्धक ब्रिटिस गोर्खा आर्मी सम्बद्ध समूहले खरिद गरेको बताइएको छ । करिब एक दशक अघि अडूकिया नेपालकाे सेयर बजारमा सर्वाधिक चर्चामा रहेका लगानीकर्ता थिए । गाेर्खा  विकास बैंकमा अामन्त्रित सञ्चालक रहेकाे बेलामा उनी सम्बद्ध एक जग्गाकाे काराेबारमा उनी विवादमा तानिएका थिए । विवादमा परेपछि राष्ट्र बैंकले उनकाे बैंक खाता र सबै सम्पत्ति राेक्का गरेकाे थियाे । अडूकियाले अदालतबाट सफाइ पाएकाे लामाे समयपछि राष्ट्र बैंकले उनकाे बैंक खाता र सम्पत्तिमा लगाएकाे राेक्का फुकुवा गरेकाे छ  । राष्ट्र बैंकले गाेर्खा  विकास बैंकलार्इ समस्याग्रस्त घाेषणा गर्ने, काराेबारमा राेक लगाउने, सेयर अवमूल्यन गर्ने र  विकास बैंकलार्इ फाइनान्समा झार्ने काम सम्पन्न गरेर लगानीकर्तालार्इ सुम्पेकाे थियाे । गत अार्थिक वर्ष फाइनान्सले हकप्रद सेयर  निकाल्दा अडूकियाले  हकप्रद सेयर किनेका थिएनन् । ब्रिटिस गोर्खा आर्मीसम्बद्ध उक्त ग्रुपले हकप्रदमा यसअघि बिक्री नभएको सम्पूर्ण प्रोमोटर शेयर समेत १०४ रुपैंयाको दरले उठाएको थियो ।