ग्लोबल आईएमई लघुवित्तको वित्तीय विवरण सार्वजनिक, नाफा १७९ प्रतिशतले बढ्यो

<p>काठमाडौं । आईएमई ग्रुपअन्तर्गत सञ्चालित आईएमई लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा उत्साहजक वित्तीय विवरण सार्वजनिक गरेको छ । लघुवित्तले नाफा तथा निष्क्रिय कर्जा अनुपातमा उल्लेख्य सुधार गरेको हो । लघुवित्तले अघिल्लो वर्षको पहिलो त्रैमासको तुलनामा नाफामा १७९ प्रतिशत वृद्धि गरी ७६ लाख १९ हजार पुर्याएको छ जुन प्रतिशेयर (वार्षिक) ३१.७९ रुपैंया हो [&hellip;]</p>

काठमाडौं । आईएमई ग्रुपअन्तर्गत सञ्चालित आईएमई लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा उत्साहजक वित्तीय विवरण सार्वजनिक गरेको छ । लघुवित्तले नाफा तथा निष्क्रिय कर्जा अनुपातमा उल्लेख्य सुधार गरेको हो । लघुवित्तले अघिल्लो वर्षको पहिलो त्रैमासको तुलनामा नाफामा १७९ प्रतिशत वृद्धि गरी ७६ लाख १९ हजार पुर्याएको छ जुन प्रतिशेयर (वार्षिक) ३१.७९ रुपैंया हो । लघुवित्तले आफ्नो निष्क्रिय कर्जा अनुपातलाई पनि १.६३ प्रतिशतबाट घटाएर ०.५१ प्रतिशतमा झारेको छ ।
९ करोड ६० लाख चुक्ता पुँजी भएको ग्लोबल आईएमई लघुवित्त राष्ट्रिय स्तरको लघुवित्त कम्पनी हो । देशभरका ४५ जिल्ला कार्यक्षेत्र रहेको उक्त कम्पनीले तात्कालिन रिलायवल माइक्रोफाइनान्स वित्तीय संस्थाको नामबाट कारोबार गर्दै आएकोमा आईएमई समूहको व्यवस्थापनमा आएपछि नाम परिवर्तन भई ग्लोबल आईएमई लघुवित्तको नामबाट कारोबार गर्दै आएको छ । नयाँ व्यवस्थापनसँगै लघुवित्तको कार्यसम्पादनमा उल्लेख्य सुधार देखिएको हो ।
कम्पनीले गत त्रैमाससम्म १ अर्ब ३० करोड रुपैंया बराबरको कर्जा प्रवाह गर्दा खुद ब्याज आम्दानी २ करोड १९ लाख पुर्याएको छ जुन अघिल्लो बर्षको सोही त्रैमासको आधारमा करिब दोब्बर हो ।

Share News