काठमाडौं । प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीले काठमाडौं कमलादीस्थित रुस्काज् ब्युटि स्टुडियोमा सौन्दर्यसम्बन्धी सेवा लिँदा विशेष छुट पाउने भएका छन् ।
यसका लागि रुस्काज् ब्युटि स्टुडियो र प्रभु बैंकबीच विशेष छुटसम्बन्धी सम्झौता भएको छ । सम्झौताअनुसार बैंकका ग्राहकले विभिन्न सौन्दर्यसम्बन्धी सेवा लिँदा ५ देखि २० प्रतिशतसम्म छुट पाउनेछन् । त्यस्तै, बैंकका कर्मचारीले ५ देखि ३० प्रतिशतसम्म छुट प्राप्त गर्नेछन् ।
सम्झौतापत्रमा रुस्काज् ब्युटि स्टुडियोका प्रमुख कार्यकारी अधिकृत रुस्काज् वैध श्रेष्ठ र प्रभु बैंक बागमती प्रदेशका प्रमुख प्रदेश अधिकारी प्रचिता श्रेष्ठले हस्ताक्षर गरेका छन् ।
समारोहमा प्रभु बैंक कमलादी शाखाकी अधिकृत राधा गुरुङ तथा रुस्काज् ब्युटि स्टुडियोका प्रबन्ध निर्देशक रवि भक्त श्रेष्ठको समेत उपस्थिति थियो ।
सम्झौताअनुसार छुट लिन बैंकका ग्राहकले मान्य डेबिट कार्ड, क्रेडिट कार्ड वा विद्युतीय भुक्तानी प्रणालीमध्ये कुनै एक प्रयोग गर्नुपर्नेछ । बैंकका कर्मचारीले भने प्रभु बैंकको कर्मचारी परिचयपत्र देखाउनुपर्नेछ ।
सम्झौताले प्रभु बैंकका ग्राहक तथा कर्मचारीलाई सौन्दर्यसम्बन्धी विभिन्न सेवामा सहुलियत उपलब्ध गराउने बैंकले जनाएको छ ।