अायात चुलिएपछि मुलुक घाटामा, शोधानान्तर बचत साढे २५ अर्ब पुग्यो

<p>काठमाडौं । चालु आर्थिक वर्षको दुई महिनामा शोधानान्तर घाटा बढेर २५ अर्ब ४५ करोड रुपैयाँ पुगेको छ । यस्तो घाटा अघिल्लो वर्षको सोही अवधिमा ५ अर्ब ८७ करोड रुपैयाँ रहेको थियो । अमेरिकी डलरमा शोधनान्तर घाटा अघिल्लो वर्षको दुई महिनामा ५ करोड ७३ लाख डलर रहेकोमा समीक्षा अवधिमा २३ करोड ९ लाख डलर छ । [&hellip;]</p>

काठमाडौं । चालु आर्थिक वर्षको दुई महिनामा शोधानान्तर घाटा बढेर २५ अर्ब ४५ करोड रुपैयाँ पुगेको छ । यस्तो घाटा अघिल्लो वर्षको सोही अवधिमा ५ अर्ब ८७ करोड रुपैयाँ रहेको थियो ।

अमेरिकी डलरमा शोधनान्तर घाटा अघिल्लो वर्षको दुई महिनामा ५ करोड ७३ लाख डलर रहेकोमा समीक्षा अवधिमा २३ करोड ९ लाख डलर छ । चालू खाता एवम् शोधनान्तर स्थिति वस्तु आयातमा भएको उच्च वृद्धिका कारण समीक्षा अवधिमा चालू खाता घाटा विस्तार भई ३५ अर्ब ५६ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा १९ अर्ब ७४ करोड रुपैयाँ थियो ।

अमेरिकी डलरमाअघिल्लो वर्षको दुई महिना १९ करोड २६ लाख डलर रहेको चालु खाता घाटा समीक्षा अवधिमा ३२ करोड १ लाख डलर पुगेको छ । प्रत्यक्ष वैदेशिक लगानी आप्रवाह १ अर्ब २३ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा पूँजीगत ट्रान्सफर .१ अर्ब ८४ करोड र प्रत्यक्ष वैदेशिक लगानी ५ अर्ब १० करोड रुपैयाँ थियो ।

Share News