¨
काठमाडौं । बैंक तथा वित्तीय संस्थामा व्यक्तिगत निक्षेप झण्डै २ प्रतिशत वृद्धि भएको छ । गत भदौसम्म व्यक्तिगत निक्षेप बढेर १५ खर्ब ५२ अर्ब ७५ करोड रुपैयाँ पुगेको छ । चालु आर्थिक वर्षको २ महिनामा बैंक तथा वित्तीय संस्थामा व्यक्तिगत निक्षेप २७ अर्ब ४७ करोड रुपैयाँ थप भएको नेपाल राष्ट्र बैंकले जनाएका छ ।
कुल निक्षेपको ६० प्रतिशत बढी व्यक्तिगत रहेको छ । गत भदौसम्म बैंक तथा वित्तीय संस्थाको निक्षेप परिचालन बढेर २८ खर्ब ७५ अर्ब ७९ करोड रुपैयाँ पुगेको छ । चालु आर्थिक वर्षको २ महिनामा निक्षेप ३९ अर्ब १४ करोड रुपैयाँ थप भएको केन्द्रीय बैंकले सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।
बैंक तथा वित्तीय संस्थामा बीमा कम्पनीहरुको १ खर्ब ८९ अर्ब ४४ करोड रुपैयाँ पुगेको छ । कर्मचारी संचय कोषको ५० अर्ब ९१ करोड र नागरिक लगानी कोषको ६३ अर्ब २७ करोड रुपैयाँ रहेको छ । यस्तै सार्वजनिक संस्थानको २ खर्ब ६४ अर्ब ९२ करोड, अन्तर बैंक निक्षेप ९७ अर्ब ६० करोड रुपैयाँ रहेको छ । बैंक तथा वित्तीय संस्थाहरुले लगानीयोग्य पुँजी (क्रेडिट क्रन्च) भएको बताए पनि व्यक्तिगत निक्षेप भने बढेको छ ।