ज्याेति विकास बैंककाे बजार विस्तार अाक्रामक, निक्षेप वृद्धि ८६ प्रतिशत

<p>काठमाडौं । निक्षेप तथा कर्जा विस्तारमा ज्योति विकास बैंक आक्रामक देखिएको छ । बैंकले एक बर्षको अवधिमा निक्षेपमा करिब ८६ प्रतिशतले वृद्धि गरी २१ अर्ब ४ करोड रुपैंया पुर्याएको छ । अघिल्लो बर्ष बैंकको कुल निक्षेप ११ अर्ब ३० करोड रुपैंया थियो । निक्षेपसँगै कर्जा विस्तारमा समेत बैंकले उल्लेख्य प्रगति हासिल गरेको छ । सोही [&hellip;]</p>

काठमाडौं । निक्षेप तथा कर्जा विस्तारमा ज्योति विकास बैंक आक्रामक देखिएको छ । बैंकले एक बर्षको अवधिमा निक्षेपमा करिब ८६ प्रतिशतले वृद्धि गरी २१ अर्ब ४ करोड रुपैंया पुर्याएको छ । अघिल्लो बर्ष बैंकको कुल निक्षेप ११ अर्ब ३० करोड रुपैंया थियो ।

निक्षेपसँगै कर्जा विस्तारमा समेत बैंकले उल्लेख्य प्रगति हासिल गरेको छ । सोही अवधिमा बैंकको कर्जा प्रवाहमा ७८ प्रतिशतले वृद्धि भई १७ अर्ब ७८ करोड रुपैंया पुग्दा कर्जा निक्षेप अनुपात ७६.३९ प्रतिशत कायम भएको छ । बजारमा लगानीयोग्य पुँजीको अभाव भएर बैंकहरुको सीडी रेसियो ८० प्रतिशत पुग्नै लागेको अवस्थामा यो अनुपात तुलनात्मक रुपमा सबल हो ।

नाफा वृद्धिमा पनि बैंकले आशालाग्दो प्रगति हासिल गरेको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा बैंकले नाफामा ४० प्रतिशतले वृद्धि गरी ६ करोड ३३ लाख रुपैंया पुर्याएको छ । बैंकले पुँजी वृद्धिका वावजुद प्रतिशेयर आम्दानीमा पनि अघिल्लो आवको सोही त्रैमासको तुलनामा सुधार गरी रु ९.७८ पुर्याएको छ ।

निष्क्रिय कर्जा अनुपातमा बैंकले अघिल्लो आवको सोही त्रैमासको अवस्थामा भन्दा ठूलो सुधार ल्याएको छ । बैंकले सो अनुपात ०.८२ बाट झारेर ०.३९ प्रतिशत कायम गर्न सफल भएको छ । सोही मूल्य आम्दानी अनुपात समेत बैंकले २३.२८ बाट घटाएर १४.४२ कायम गर्न सफल भएको छ ।

बजारमा सँधैजसो कायम रहेको लगानीयोग्य पुँजीको अभावका बीच बैंकको निक्षेप संकलनको यो वृद्धिदर सम्भवत विकास बैंकहरुमा सबैभन्दा बढी हो ।

Share News