आरबिबि मर्चेन्टलाई एक अर्ब रुपैयाँको फण्ड जारी गर्न अनुमति
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको सहायक कम्पनी आरबिबि मर्चेन्ट बैकिङ्ग लिमिटेडले ‘आरबिबि म्यूचुअल फण्ड १’ जारी गर्न अनुमति पाएको छ । संस्थाले हालै नेपाल धितोपत्र बोर्डबाट एक अर्ब रुपैयाँ बराबरको फण्ड निष्काशन तथा बिक्री खुला गर्न अनुमति पाएको हो । कोष प्रवद्र्घक राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र योजना व्यवस्थापक तथा डिपोजिटरी आरविवि मर्चेन्ट बैकिङ्ग लिमिटेड हुने गरी “आरविवि म्यूचुअल फण्ड” अन्र्तगत उक्त योजना ल्याउने भएको हो । जुन बन्दमुखी प्रकृतिको योजना हो । योजनाको आकार एक अर्ब रुपैयाँ रहेको यस फण्डको समयावधि सात वर्षको रहनेछ ।
लाभांश पारित गर्न नेको इन्स्योरेन्सले बोलायो साधारणसभा, बुक क्लोज कहिले ?
काठमाडौं । नेको इन्स्योरेन्सले आगामी असार ३१ गते वार्षिक साधारणसभा आव्हान गरेको छ । इन्स्योरेन्सले सो दिन आफ्नो २५ औं वार्षिक साधारण सभा डाकेको हो । सभाले सेयरधनीलाई १६.३२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्तावलाई पारित गर्दै छ । संस्थाको सञ्चालक समितिको बैठकले सेयरधनीलाई चुक्ता पुँजीको १५.५ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.८२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । हाल इन्स्योरेन्सको चुक्ता पुँजी १ अर्ब ३१ करोड रुपैयाँ रहेको छ । सभामा जाने प्रयोजनको लागि संस्थाले असार १८ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । यससँगै असार १७ गतेसम्म कायम सेयरधनीले प्रस्तावित लाभांश पाउने छन् ।
सर्वोत्तम सिमेन्टको एसजीएमले पारित गर्यो लाभांशसहित आईपीओ प्रस्ताव
काठमाडौं । सर्वोत्तम सिमेन्टको विशेष साधारणसभा(एसजीएम)ले प्रस्तावित लाभांशसहित आईपीओ प्रस्ताव पारित गरेको छ । असार १० गते सम्पन्न संस्थाको विशेष साधारणसभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो । सभाले चुक्ता पुँजीको १९.११८ प्रतिशत बोनस सेयर तथा कर प्रयोजनका लागि १.००६ प्रतिशत नगद गरी प्रस्तावित २०.१२४ प्रतिशत लाभांश पारित गरेको हो । यससँगै सेयरधनीले आर्थिक वर्ष २०७६।७७ सम्मको नाफाबाट सो मात्राको लाभांश पाउने छन् । त्यस्तै, सभाले संस्थापक र सर्वसाधारण सेयरधनीहरुबीचको पुँजीको अनूपात ८७.१०ः१२.९० हुने गरी मिलान गर्ने प्रस्तावलाई पारित गरेको छ । यसरी सेयरको संरचना परिवर्तन पश्चात सर्वोत्तम सिमेन्टले ६० लाख कित्ता सेयर (आईपीओ) सर्वसाधारणलाई बुक बिल्डिङ्ग विधिबाट जारी गर्ने प्रस्ताव पारित भएको छ । कम्पनीको अधिकृत पूँजी ५ अर्ब रुपैयाँ र जारी पूँजी ४ अर्ब ६५ करोड रुपैयाँ रहेको छ ।