नेप्सेमा पौने ८ करोड कित्ता सूचीकृत, सबैभन्दा बढी एचआईडीसीएलको

<p>काठमाडौं । नेप्सेमा दुई कम्पनीको कूल ७ करोड ७६ लाख ६९ हजार ५३५ कित्ता सेयर सूचीकृत भएको छ । कार्त्तिक २५ गते बिहीबार मात्रै हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआईडीसीएल) र इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको सो मात्राको सेयर नेप्सेमा थपिएको हो । जसमध्ये एचआईडीसीएलको ७ करोड ७० लाख कित्ता सेयर सूचीकृत भएको छ । उता [&hellip;]</p>

काठमाडौं । नेप्सेमा दुई कम्पनीको कूल ७ करोड ७६ लाख ६९ हजार ५३५ कित्ता सेयर सूचीकृत भएको छ । कार्त्तिक २५ गते बिहीबार मात्रै हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआईडीसीएल) र इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको सो मात्राको सेयर नेप्सेमा थपिएको हो ।

जसमध्ये एचआईडीसीएलको ७ करोड ७० लाख कित्ता सेयर सूचीकृत भएको छ ।

उता इन्फिनिटी लघुवित्तको कूल ६ लाख ६९ हजार ५३५ कित्ता साधारण सेयर नेप्सेमा थपिएको हो । संस्थाले साविकको नेपाल एग्रो लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गरेपश्चात सो मात्राको सेयर नेप्सेमा थपिएको हो । संस्थाले एक बराबर ०.९८ को अनुपातमा उक्त संस्थालाई प्राप्ति गरेको हो ।

Share News