काठमाडौं । बिहीबार सेयर बजार सामान्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ११.९३ अंकले बढेर २६२४ बिन्दुमा पुगेको छ ।
नेप्सेका अनुसार १७७ कम्पनीको सेयर मूल्य बढ्दा ८५ कम्पनीको सेयर मूल्य घटेको छ । १६ कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन आएको छैन ।
बिहीबार ३३९ कम्पनीको १ करोड कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ४९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार सिद्धार्थ बैंकको भएको छ । सिद्धार्थको ३३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
साथै शिवम् सिमेन्टको २७ करोड, सोलु हाइड्रोको २३ करोड, रिलाइन्स स्पिीनिङको १७ करोड र एनआरएन इन्फ्राइस्ट्रक्चरको १४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज धौवलागिरी लघुवित्तको सेयर मूल्य १२.४३ प्रतिशतले बढेको छ ।
नेप्सेमा बिहीबार १३ मध्ये ११ उपसूचक बढ्दा लगानी र अन्य समूह भने सामान्य घटेका छन् । आज सबैभन्दा धेरै जीवन बीमा समूह १.०८ प्रतिशतले बढेको छ । यो समूह १२५.९२ अंकले उक्लिएर ११ हजार ७६८.६३ विन्दुमा पुगेको छ ।
त्यसपछि होटल तथा पर्यटन समूह ०.८५ प्रतिशत, जलविद्युत समूह ०.६३ प्रतिशत र बैंकिङ समूह ०.५८ प्रतिशतले बढेका छन् ।
यस्तै, माइक्रोफाइनान्स समूह ०.५५ प्रतिशत, विकास बैंक समूह ०.३८ प्रतिशत, उत्पादन तथा प्रशोधन समूह ०.२७ प्रतिशत, वित्त समूह ०.२३ प्रतिशत र व्यापार समूह ०.२२ प्रतिशतले वृद्धि भएका छन् । म्युचुअल फन्ड ०.६५ प्रतिशत र निर्जीवन बीमा समूह ०.०५ प्रतिशतले बढेका छन् ।
यता लगानी समूह ०.१८ प्रतिशत र अन्य समूह ०.०४ प्रतिशतले सामान्य गिरावट आएको छ ।