गुराँस लाइफ इन्स्योरेन्सको सेयर मूल्य समायोजन

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्सको सेयर मूल्य समायोजन भएको छ । इन्स्योरेन्सको ५.५००४ प्रतिशत बोनस सेयर पश्चात मूल्य समायोजन भएको हो । समायोजन पश्चात कम्पनीको सेयर मूल्य प्रतिकित्ता ६१८.०१ रुपैयाँ कायम भएको छ । जुन पछिल्लो कारोबारमा प्रतिकित्ता ६५२ रुपैयाँ रहेको थियो । यससँगै आज मंगलबारको कारोबारमा कम्पनीको पहिलो कारोबार प्रतिकित्ता ६१८.०१ रुपैयाँदेखि नै शुरु हुने छ ।

सनराइज बैंकले ७ प्रतिशत लाभांश दिने, बोनस सेयर कति ?

काठमाडौं । सनराइज बैंकले चालु आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । बैंकको कात्तिक २२ गते बसेको संचालक समिति बैठकले लाभांश घोषणा गरेको हो । बैंकले चालु आर्थिक वर्षमा सेयरधनीलाई जम्मा ७ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । यस्तो लाभांशमा ६.६५ प्रतिशत बोनस सेयर र ०.३५ प्रतिशत नगद लाभांश छ । बैंकको अहिले ९ अर्ब ४८ करोड ७९ लाख ४४ हजार रुपैयाँ चुक्ता पुँजी छ । बैंक संचालक समितिले प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत गरेर आगामी वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीलाई वितरण गरिनेछ ।

प्राइम कमर्शिलय बैंकले १६ प्रतिशत बोनस सेयर दिने, अघिल्ला वर्षको लाभांश कर क्लियर गरिने

काठमाडौं । प्राइम कमर्शियल बैंकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट प्रति शेयर १६.६३१३प्रतिशत लाभांश प्रस्ताव गरेको छ । कात्तिक २२ गते बसेको सञ्चालक समितिको बैंठकले १६ का दरले बोनस सेयर र ०.६३१३ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ । नगद लाभांश अघिल्ला वर्षका लाभांशमा कर तिर्नु पर्ने तर असूल हुन छुटेका तथा यस वर्ष कर तिर्नु पर्ने शेयरधनीहरुको कर रकममा मिलान गर्ने प्रयोजनार्थ प्रस्ताव गरिएको बैंकले जनाएको छ । प्रस्तावित बोनस शेयर र नगद लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति र बैंकको वार्षिक साधारणसभाबाट पारित भए पश्चात प्रदान गरिने हुनेछ ।