आत्मनिर्भर लघुवित्तको १४.२५ प्रतिशत बोनस सेयर नेप्सेमा सूचीकृत

काठमाडौं । आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडको १४.२५ प्रतिशत बोनस सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ ।

संस्थाको १ लाख ११ हजार ६३९ कित्ता बोनस सेयर बिहीबार नेप्सेमा सूचीकृत भएको हो ।

सूचीकृत बोनस सेयर अब सम्बन्धित सेयरधनीको हितग्राही खातामा आएपछि कारोबार गर्न सकिनेछ ।

Share News