काठमाडौं । विकास हाइड्रोपावर कम्पनी लिमिटेडले सेयरधनीलाई १० प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको छ ।
कम्पनीको भदौ ३१ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको हो ।
कम्पनीको हाल कायम चुक्ता पुँजी ९० करोड ९१ लाख १ हजार ३०० रुपैयाँ छ । सोको १० प्रतिशत बराबर ९ करोड ९ लाख १० हजार १३० रुपैयाँको बोनस सेयर वितरण गर्ने प्रस्ताव गरिएको छ ।
यस्तै, बोनस सेयरमा लाग्ने कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत अर्थात् ४७ लाख ८४ हजार ६०० रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि गरिएको कम्पनीले जनाएको छ ।
प्रस्तावित बोनस सेयर वितरणका लागि विद्युत् नियमन आयोगबाट पूर्वस्वीकृति प्राप्त भएको कम्पनीले जनाएको छ । लाभांश वितरणका लागि आवश्यक प्रक्रिया पूरा गरी आगामी साधारणसभाबाट अनुमोदन गरिनेछ ।