लाभांश पारित गर्न इन्भेष्टमेन्ट बैंकले बोलायो एजीएम

<p>काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले आगामी मंसिर १७ गते वार्षिक साधारणसभा (एजीएम) बोलाएको छ । बैंकले सो दिन बिहान १० बजे काठमाडौंको दरबारमार्गस्थित बैंकको केन्द्रिय कार्यालयमा आफ्नो ३५औं सभा बोलाएको हो । सभाले सेयरधनीलाई चुक्ता पुँजीको १२.६११ प्रतिशत बोनस र कर प्रयोजनको लागि ३.३८९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्तावलाई पारित गर्दै छ । त्यस्तै, [&hellip;]</p>

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले आगामी मंसिर १७ गते वार्षिक साधारणसभा (एजीएम) बोलाएको छ । बैंकले सो दिन बिहान १० बजे काठमाडौंको दरबारमार्गस्थित बैंकको केन्द्रिय कार्यालयमा आफ्नो ३५औं सभा बोलाएको हो ।

सभाले सेयरधनीलाई चुक्ता पुँजीको १२.६११ प्रतिशत बोनस र कर प्रयोजनको लागि ३.३८९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्तावलाई पारित गर्दै छ ।

त्यस्तै, सभाले संस्थापक सेयरधनीको तफबाट ४ जना सञ्चालकहरुको निर्वाचन गराउने समेत प्रस्ताव रहेको छ ।

सभामा जाने प्रयोजनको लागि बैंकले आगामी मंसिर ६ गते एकदिन बुक क्लोज गर्ने निर्णय गरेको छ ।

Share News