काठमाडौं वरिपरीका चारै भञ्ज्याङमा सुरुङमार्ग, भौतिक पूर्वाधार मन्त्रालयलाई १ खर्ब ६१ अर्ब
काठमाडाैं । सरकारले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई १ खर्ब ६१ अर्ब ५६ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले संसदमा आगामी आर्थिक वर्ष २०७९/८० को बजेट पेश गर्दै साे बजेट विनियोजन गरेका हुन् । सरकारले काठमाडौंका विभिन्न ठाउँमा सुरुङमार्ग निर्माण गर्ने भएको छ । अर्थमन्त्री शर्माले आइतबार संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै सरकारले टोखा–छहरे, चार भज्याङ, साँगा–बनेपाको सुरुङमार्ग निर्माण गर्ने बताए । यसका लागि १ अर्ब १९ करोड बजेट विनियोजन भएको छ । यस्तै, ग्वार्को, सातदोवाटो एकान्तकुना फलाई ओभर पनि निर्माण हुनेछ । वानेश्वरमा अन्डरपास पनि निर्माण गरिने छ । यस्तै, मेट्रोरेलको डीपीआर तयार गरिने विषय पनि बजेटमा परेको छ । मेट्रोरेलका लागि ६ अर्ब ५३ करोड विनियोजन भएको छ । सरकारले रेल र मेट्रो रेलको लागि ६ अर्ब ५३ करोड रुपैयाँ विनियोजन भएको छ । यसको अध्यन र रेल मार्गको लागि विस्तार गर्न सो रकम विनियोजन गरेको हो । आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री शर्माले यस्ताे बताएका हुन् । सरकारले मदन भण्डारी राजमार्गका लागि २ अर्ब ९१ करोड रुपैयाँ बजेट विनियोजन भएको छ ।
काठमाडौंमा यी तीन ठाउँमा सुरुङ मार्ग, फ्लाईओभर र अन्डरपास पनि निर्माण गरिने
काठमाडौं । सरकारले काठमाडौंका विभिन्न ठाउँमा सुरुङमार्ग निर्माण गर्ने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले आइतबार संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै सरकारले टोखा–छहरे, चार भज्याङ, साँगा–बनेपाको सुरुङमार्ग निर्माण गर्ने बताए । यसका लागि १ अर्ब १९ करोड बजेट विनियोजन भएको छ । यस्तै, ग्वार्को, सातदोवाटो एकान्तकुना फलाई ओभर पनि निर्माण हुनेछ । वानेश्वरमा अन्डरपास पनि निर्माण गरिने छ । यस्तै, मेट्रोरेलको डीपीआर तयार गरिने विषय पनि बजेटमा परेको छ । मेट्रोरेलका लागि ६ अर्ब ५३ करोड विनियोजन भएको छ ।
हुलाकी राजमार्गलाई ६ अर्ब ७ करोड
काठमाडौं । सरकारले हुलाकी राजमार्गलाई ६ अर्ब ७ करोड रुपैयाँ विनियोजन गरिएको छ । आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले यस्ताे बताएका हुन् ।