काठमाडौं । सरकारले काठमाडौंका विभिन्न ठाउँमा सुरुङमार्ग निर्माण गर्ने भएको छ ।
अर्थमन्त्री जनार्दन शर्माले आइतबार संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै सरकारले टोखा–छहरे, चार भज्याङ, साँगा–बनेपाको सुरुङमार्ग निर्माण गर्ने बताए । यसका लागि १ अर्ब १९ करोड बजेट विनियोजन भएको छ ।
यस्तै, ग्वार्को, सातदोवाटो एकान्तकुना फलाई ओभर पनि निर्माण हुनेछ । वानेश्वरमा अन्डरपास पनि निर्माण गरिने छ ।
यस्तै, मेट्रोरेलको डीपीआर तयार गरिने विषय पनि बजेटमा परेको छ । मेट्रोरेलका लागि ६ अर्ब ५३ करोड विनियोजन भएको छ ।