काठमाडौं । पहिरोका कारण अवरुद्ध काठमाडौं–चितवन सडकखण्डअन्तर्गत कृष्णभीरमा सडक सञ्चालनमा ल्याउने प्रयासले गति लिएको छ ।
सडक खुलाउने क्रममा परीक्षणस्वरूप दुवैतर्फबाट सवारीसाधन पास गराउन थालिएको छ ।
काठमाडौंबाट चितवनतर्फ एउटा बुलेटसहित करिब २० वटा सवारीसाधन सफलतापूर्वक पास गराइएको छ ।
त्यसैगरी, चितवनबाट काठमाडौंतर्फ पनि एउटा भारी सवारीसाधनलाई सफलतापूर्वक पास गराइएको छ ।
परीक्षणका क्रममा सवारीसाधन आवतजावत गराउन सफल भएपछि सडकलाई पूर्ण रूपमा सञ्चालनमा ल्याउने तयारी तीव्र पारिएको छ ।
सम्बन्धित निकायले सडक खुलाउने तथा सुरक्षित रूपमा सवारी सञ्चालन गराउने कामलाई प्राथमिकताका साथ अघि बढाइरहेको जनाएको छ ।
सडक पूर्ण रूपमा सञ्चालनमा आएपछि काठमाडौं–चितवनबीचको आवतजावत सहज हुने अपेक्षा गरिएको छ ।