काठमाडौं । प्रहरी महानिरीक्षकबाट हटाइएपछि दानबहादुर कार्की सर्वोच्च अदातल जान कानुनी परामर्शमा जुटेका छन् । कार्कीले कानुन व्यवसायी स्वागत नेपालसँग अदालत जानेबारे परामर्श गरेका छन् ।
‘दानबहादुर कार्कीले के गर्ने भनेर सोध्नुभयो, कानुनी लडाइँबाहेक अर्को बाटो छैन भनेको छु,’ अधिवक्ता नेपालले विकासन्युजसँग भने ।
आफूले कार्कीलाई कानुनको सहारा लिनका लागि सल्लाह दिएको उनले बताए ।
कार्कीको भनाइ उद्दृत गर्दै आफूलाई जिम्मेवारीबाट हटाइएकाे मिडियाबाट थाहा पाएको र सरकारबाट आधिकारिक पत्र नआएको उनले जानकारी दिए ।
बुधबार (आज) मन्त्रिपरिषद्को बैठकले कार्कीलाई पदबाट हटाउँदै डा. मनोजकुमार केसीलाई आईजीपीको जिम्मेवारी दिने निर्णय गरिसकेको छ ।
कार्कीलाई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारको जिम्मेवारी दिइएको छ ।
सरकारका प्रवक्ता भन्छन्– कार्कीलाई कारवाही नगरी जिम्मेवारी मात्र हेरफेर गरिएको हो
को हुन् नवनियुक्त आईजीपी मनोज केसी ?
मनोज केसीलाई आईजीपी बनाउने सरकारको निर्णय