काठमाडौ । सरकारले प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई कारवाही नगरी जिम्मेवारीमात्र हेरफेर गरिएको बताएको छ ।
बुधबार (आज) मन्त्रिपरिषद बैठकपश्चात सञ्चारकर्मीसँगको प्रतिक्रियाका क्रममा सरकारका प्रवक्ता सस्मित पोखरेलले यस्तो बताएका हुन् ।
पत्रकारले आइजीपी कार्कीलाई जिम्मेवारीबाट हटाउनुको कारण सोधेका थिए । सोही क्रममा उनले यस्तो जवाफ दिएका हुन् ।
उनले भने, ‘उहाँलाई कारवाही गरिएको होइन, जिम्मेवारी हेरफेर मात्र गरिएको हो ।’
’अब उहाँ (कार्की) को भूमिका प्रधानमन्त्रीलाई शान्तिसुरक्षा सम्बन्धी सल्लाह दिने हुन्छ । सुरक्षा सल्लाहकारका रुपमा उहाँको अहिलेको जिम्मेवारी पनि संवेदनशील हो,’ प्रवक्ता पोखरेलले थपे ।
आईजीपीबाट हटे कार्की
को हुन् नवनियुक्त आईजीपी मनोज केसी ?