काठमाडौं । सरकारले एआईजी मनोज केसीलाई प्रहरी महानिरीक्षक (आईजीपी) बनाउने निर्णय गरेको छ ।
बुधबार (आज) बसेको मन्त्रिपरिषद बैठकले केसीलाई आईजीपी नियुक्त गर्ने निर्णय गरेको हो ।
प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) रहेका केसी आईजीपी बनेका हुन् । उनी अपराध अनुसन्धान विभागकाे प्रमुखकाे रूपमा कार्यरत थिए ।
हालका आईजीपी दानबहादुर कार्कीलाई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारको जिम्मेवारी दिइएको प्रधानमन्त्री कार्यालय स्रोतले जानकारी दियो ।