बागमतीमा भन्दा कर्णालीमा घरजग्गाको मूल्यवृद्धि बढी

काठमाडौं । बागमती प्रदेशमा भन्दा कर्णाली प्रदेशमा घरजग्गाको मूल्यवृद्धि बढेको छ । नेपाल राष्ट्र बैंकले तयार पारेको घरजग्गा मूल्य सर्वेक्षण प्रतिवेदन अनुसार सबैभन्दा बढी कर्णालीमा घरजग्गाको मूल्यवृद्धि भएको पाइएको छ । मालपोत कारोबारको आधारमा आर्थिक वर्ष २०७७/७८ को पहिलो नौ महिनामा कर्णालीमा घरजग्गाको मूल्य औसत २३.८८ प्रतिशतले बढेको छ । उता बागमती प्रदेशमा भने सबैभन्दा कम अर्थात ५.९५ प्रतिशतले घरजग्गाको मूल्य बढेको राष्ट्र बैंकले जनाएको छ । त्यस्तै, प्रदेश नं. २ मा १७.४२ प्रतिशत, लुम्बिनीमा १४.४५ प्रतिशत, प्रदेश नं. १ मा १४.२० प्रतिशत, गण्डकीमा ११.८३ प्रतिशत र सुदूरपश्चिममा ६.३५ प्रतिशतले घरजग्गाको मूल्य बढेको छ । यो तथ्यांक मालपोत कार्यालयबाट संकलित हो । त्यस्तै, बैंकले वाणिज्य बैंकहरुले कर्जा प्रवाह गर्दा गरेको घर जग्गाको मूल्याङकनको आधारमा भने गण्डकी प्रदेशमा सबैभन्दा बढी मूल्यवृद्धि भएको देखिन्छ । गत आर्थिक वर्षको पहिलो नौ महिनामा गण्डकीमा घरजग्गाको मूल्य औषत १९१९ प्रतिशतले बढेको छ । त्यस्तै, कर्णालीमा १९.०२, बागमतीमा १८.२६, सुदूरपश्चिममा १६.३२, प्रदेश नं. २ मा १६.०२ प्रतिशत, प्रदेश नं. १ मा १५.१४ र लुम्बिनी प्रदेशमा घरजग्गाको मूल्य ४.३२ प्रतिशतले बढेको छ । उता आर्थिक वर्ष २०७६/७७ मा भने बैंकिङ्ग मूल्याङ्कनको आधारमा प्रदेश नं. २ मा सबैभन्दा धेरै ४३.११ प्रतिशतले घरजग्गाको मूल्य बढेको राष्ट्र बैंकले जनाएको छ । केन्द्रिय बैंकले वाणिज्य बैंकहरुको घरजग्गाको धितोमा प्रवाह भएको कर्जा कारोबार संख्या र शाखा सञ्जालको आधारमा ६ वटा बैंकलाई लिएको छ । जसमा नेपाल बैंक, एनआईसी एशिया बैंक, ग्लोबल आईएमई बैंक, एभरेष्ट बैंक, राष्ट्रिय वाणिज्य बैंक र प्रभु बैंक रहेका छन् । राष्ट्र बैंकले आर्थिक वर्ष २०७५/७६ लाई आधार वर्षको रुपमा लिई नेपालमा पहिलो पटक घरजग्गा मूल्य सर्वेक्षण गरेको हो । घरजग्गाको मूल्यमा आउने उतारचणव मापन गर्ने उद्देश्यले केन्द्रिय बैंकले उक्त सर्वेक्षण गरेको हो । सम्बन्धित समाचार घर जग्गाको मूल्यवृद्धि २६ प्रतिशत, सर्वेक्षण महंगो नगर क्षेत्रमा मात्र  

मध्यपहाडी कालोपत्रः निर्णयमा पाना भरिन्छन् तर छैन काममा प्रगति

फाइल फाेटाे बलेवा । राष्ट्रिय गौरवको आयोजना (पुष्पलाल) मध्यपहाडी लोकमार्गको बागलुङ–घोडाबाँधे खण्ड समयमै कालोपत्र गर्न पटक–पटक बैठक भए । जिल्ला प्रशासन कार्यालयले आयोजना र निर्माण कम्पनीलाई प्रतिबद्ध बनाउँदै आएको छ । हरेक वर्षायाम सकिएर हिउँद लाग्दा जिल्लाका सरोकारवालाको बैठक जिप्रकामा हुन्छ । निर्णय पुस्तिकाका पाना भरिन्छन् तर काममा प्रगति हुँदैन । प्रशासनले फेरि आयोजना र निर्माण कम्पनीलाई ताकेता गर्ने प्रयास ग¥यो । बिहीबार सरोकारवाला राखेर कामका लागि प्रतिबद्ध बनाउन खोजिए पनि आयोजना प्रमुखले भने प्रमुख जिल्ला अधिकारीलाई नै झुट बोलेर बैठक भाँडियोे । निर्माण कम्पनीका प्रमुख उपस्थित हुन्छन् भनेर डाकिएको बैठकमा आयोजनाको कुश्मास्थित कार्यालयका प्रमुख नारायणदत्त भण्डारी नै निर्धारित समयभन्दा ४५ मिनेट ढिलो उपस्थित भए । उनले बैठकमा सहभागिलाई दुई घण्टासम्म निर्माण व्यवसायी आउँदै गरेको जानकारी गराएका थिए । १० बज्नै लाग्दा निर्माण व्यवसायीका प्रतिनिधि मात्रै बैठकमा उपस्थित भए । उक्त खण्डमा काम गरिरहेका दुई निर्माण कम्पनीका साइड इञ्चार्ज सौरभ घिमिरे बैठकमा उपस्थित भएका थिए । यत्तिकैमा प्रजिअले शिवकुमार कार्कीले भने, “मसँग हजुरले ठेकेदार आफैँ आउँछन् भनेर किन झुट बोल्नु भो यहाँ त अर्कै भाइ आए, उनीसँग त के छलफल गर्नु सधैँ भेट भइरहने साइड इञ्चार्ज हुन नि । ”, उनले आयोजना प्रमुखलाई सोधे, “किन झुट बोल्नु भो ? किन आएनन् व्यवसायी ?” जिल्ला समन्वय समितिका प्रमुख राजेन्द्र ढुङ्गाना, नेकपा (एमाले) का जिल्ला उपाध्यक्ष कृष्ण पाठक, नेपाली कांग्रेसका सभापति दीपेन्द्र थापा, नेकपा (माओवादी केन्द्र) का संयोजक ज्ञामनाथ गैरे, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष लालबहादुर थापा, राष्ट्रिय जनमोर्चाका अध्यक्ष अमर थापा, राष्ट्रिय प्रजातन्त्र पार्टीका सहअध्यक्ष शैलेन्द्र श्रेष्ठलगायत केही जनप्रतिनिधि, सुरक्षा निकायका प्रमुख, पत्रकार र अन्य सरोकारवाला बैठकमा सहभागी भएका थिए। निर्माण व्यवसायी नै नआएकाले आयोजनासँग छलफल गर्नुको कुनै औचित्य नरहेको भन्दै बैठकबाट सबै बाहिरिए । “सर्कुवामा अनुगमनको कार्यक्रम थियो, उहाँ पुग्ने बेलासम्म यहाँ कुरेर बसियो, ठेकेदार आउलान भनेको उनका दूतमात्रै आए”, जिसस प्रमुख ढुङ्गानाले भने, “यो आयोजनाको अपमान र काम नगर्ने प्रवृत्तिको चित्र हो ।” समयमा काम नगर्न कै लागि आयोजनाले निर्माण व्यवसायीलाई उपस्थित नगराएको उनको आरोप छ । विसं २०७२÷७३ मा सुरु भएको बिहुँ खण्ड र ०७३÷७४ मा सुरु भएको बागलुङ अक्षेते खण्ड तीन वर्षमा सकिनुपर्ने थियो । छ वर्ष समय बितिसक्दासमेत म्याद थप्नेबाहेक काम भएको छैन । म्याद थप्ने समयमा मात्रै देखिने मजदुर म्याद थप भएपछि देखिन छोड्छन् भने निर्माण उपकरण थन्किने गरेका छन् । बागलुङ अक्षेते खण्ड स्तरोन्नति र कालोपत्रेको जिम्मेवारी पाएको भारत सिद्धिसाही जेभीले १२ दशमलव पाँच किलोमिटर र बिहुँ घोडाबाँधे खण्डको जिम्मेवारी पाएको सूर्य कन्ट्रक्सन दुवैले चित्तबुझ्दो काम नगरेको उनीहरुको आरोप छ । निर्माण व्यवसायीकै उपस्थितिमा तत्काल अर्को बैठक बसेर आयोजनाका विषयमा छलफल गर्ने जिप्रकाले जनाएको छ । रासस

धावनमार्ग ममर्तका लागि सुर्खेत विमानस्थल बन्द

काठमाडौं । सुर्खेत विमानस्थल केही समयका लागि बन्द हुने भएको छ । विमानस्थलको धावनमार्ग (रनवे) मर्मत सम्भारका लागि केही समय विमानस्थल बन्द गर्न लागिएको हो । धावनमार्ग मर्मत गर्नुपर्ने भएपछि आगामी साताबाट सुर्खेत विमानस्थलमा भइरहेको उडान–अवतरण बन्द हुने नेपाल नागरिक उडड्यन प्राधिकरणले जनाएको छ । सुर्खेत विमानस्थलको उडान बन्द हुने भएपछि वायुसेवा कम्पनीहरुले विकल्पमा नेपालगन्ज विमानस्थलमा दैनिक थप गर्ने जनाएका छन् । बुधबार बुद्ध एयरले सुर्खेत विमानस्थल बन्द हुनेभएपछि नेपालगन्जमा १ उडान थप गरिएको जनाएको छ । बुद्धले हाल नेपालगन्जमा दैनिक ६ वटा उडान गर्ने भएको छ । यात्रुलाई सुर्खेत विमानस्थलको नजिकको विकल्प रोज्न सहज होस भनी नेपालगन्जमा उडान थपेको कम्पनीको भनाई छ । सुर्खेत संघीय राजधानी काठमाडौंलाई कर्णालीसँग हवाईमार्गले जोड्ने एक मात्र विमानस्थल हो ।