यस्तो छ मंगलबारको विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ८२ पैसा र बिक्रीदर १४४ रुपैयाँ ४२ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १६७ रुपैयाँ ५४ पैसा र बिक्रीदर १६८ रुपैयाँ २३ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९१ रुपैयाँ ५४ पैसा र बिक्रीदर १९२ रुपैयाँ ३४ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७८ रुपैयाँ ७४ पैसा र बिक्रीदर १७९ रुपैयाँ ४८ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ९५ रुपैयाँ ४९ पैसा र बिक्रीदर ९५ रुपैयाँ ८९ पैसा, क्यानेडियन डलर एकको खरिददर १०४ रुपैयाँ ०३ पैसा र बिक्रीदर १०४ रुपैयाँ ४६ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११० रुपैयाँ ९३ पैसा र बिक्रीदर १११ रुपैयाँ ४० पैसा तोकिएको छ । जापानी येन १० को खरिददर नौ रुपैयाँ २५ पैसा र बिक्रीदर नौ रुपैयाँ २९ पैसा, चिनियाँ युआन एकको खरिददर २० रुपैयाँ ३५ पैसा र बिक्रीदर २० रुपैयाँ ४३ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३८ रुपैयाँ २९ पैसा र बिक्रीदर ३८ रुपैयाँ ४५ पैसा, कतारी रियाल एकको खरिददर ३९ रुपैयाँ ४७ पैसा र बिक्रीदर ३९ रुपैयाँ ६३ पैसा कायम भएको छ । केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ५१ पैसा र बिक्रीदर चार रुपैयाँ ५३ पैसा, युएई दिराम एकको खरिददर ३९ रुपैयाँ १६ पैसा र बिक्रीदर ३९ रुपैयाँ ३२ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३४ रुपैयाँ ९७ पैसा र बिक्रीदर ३५ रुपैयाँ ११ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपैयाँ ८० पैसा र बिक्रीदर नौ रुपैयाँ ८४ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ २८ पैसा र बिक्रीदर १५ रुपैयाँ ३५ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ४३ पैसा र बिक्रीदर २२ रुपैयाँ ५२ पैसा तोकिएको छ । राष्ट्र बैंकले हङ्कङ डलर एकको खरिददर १८ रुपैयाँ ४८ पैसा र बिक्रीदर १८ रुपैयाँ ५६ पैसा, कुवेती दिनार एकको खरिददर ४६८ रुपैयाँ ४५ पैसा र बिक्रीदर ४७० रुपैयाँ ४१ पैसा, बहराइन दिनार एकको खरिददर ३८१ रुपैयाँ ५१ पैसा र बिक्रीदर ३८३ रुपैयाँ १० पैसा, ओमनी रियाल एकको खरिददर ३७३ रुपैयाँ ५५ पैसा र बिक्रीदर ३७५ रुपैयाँ ११ पैसा रहेको छ । भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।
कामना सेवा विकास बैंक र क्याफीओफिलाबीच सेवा शुल्क छुट सम्झौता
काठमाडौं । कामना सेवा विकास बैंकले काठमाडौं, ज्ञानेश्वरस्थित क्याफीओफिला सँग सेवा शुल्क छुट सम्बन्धी सम्झौता गरेको छ । यस सम्झौता अनुसार बैंकका कर्मचारी र ग्राहकहरूले फुड तथा बेभरेजमा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् । बैंकका ग्राहकहरूले बैंकसँगको आबद्धताको प्रमाण देखाएर सहजै यो सुविधा लिन सक्नेछन् । बैंकले यो सम्झौताबाट आबद्ध सबै व्यक्तिहरूले विशेष लाभ पाउने विश्वास लिएको छ । सम्झौतामा बैंकतर्फ मार्केटिङ प्रमुख पर्मा ढुङ्गेल र क्याफेका फ्रान्चाइज ओनर सदिक्षा श्रेष्ठले हस्ताक्षर गरेका छन् ।
एनआईसी एशिया बैंकका ग्राहकलाई प्यान र इमेल अद्यावधिक गर्न आग्रह
काठमाडौं । एनआईसी एशिया बैंकले सबै ग्राहकलाई स्थायी लेखा नम्बर (पान) र इमेल ठेगाना आफ्नो खातामा तत्काल अद्यावधिक गर्न आग्रह गरेको छ । बैंकका अनुसार आयकर ऐन–२०५८ बमोजिम खातामा भएका सबै करकट्टीको विवरण सरकारद्वारा सञ्चालित पान प्रणालीमा अनिवार्य रूपमा प्रविष्ट गर्नुपर्ने भएकाले पान र इमेल ठेगाना आफ्नो खातामा तत्काल अद्यावधिक गर्न आग्रह गरेको हो । यसका लागि बैंकको पोर्टल वा मोबाइल बैंकिङ एपमा रहेको पान अपडेट विकल्पमार्फत छिटो–छरितो रूपमा अद्यावधिक गर्न सकिने व्यवस्था मिलाइएको जनाइएको छ । साथै नजिकैको कुनै पनि शाखामा गएर पनि प्यान अपडेटको निवेदन दिन सकिन्छ। बैंकले जनाएको अनुसार निक्षेपकर्ताको ब्याजमा काटिएको करलाई ईटीडीएस रेकर्डमा देखाउन पान अत्यावश्यक हुन्छ । पान अद्यावधिक गरेपछि ग्राहकको करकट्टी विवरण स्वचालित रूपमा आयकर प्रणालीको अनुसूची १० मा मिलान हुन्छ, जसले करकट्टी प्रमाणपत्र र कर चुक्ता प्रमाणपत्र सजिलै प्राप्त गर्न सहायता गर्छ र प्रमाणपत्र लिन बैंक धाउनु पर्ने झन्झट समाप्त हुन्छ । बैंकले पान नम्बर अद्यावधिक नगरे त्यसपछिको परिस्थितिमा आफू जिम्मेवार नहुने पनि चेतावनी दिएको छ । यदि पहिले नै पान बुझाएको भए पनि विवरण नदेखिएको वा इमेल ठेगाना अद्यावधिक नभएको अवस्थामा नजिकको शाखा वा ग्राहक सम्पर्क केन्द्रमा सम्पर्क गर्न सकिने पनि बैंकले जनाएको छ ।