ग्लोलब आइएमई बैंकको नाफा २.३१ अर्ब रुपैयाँ, विजनेश ग्रोथ ७.४८ प्रतिशत

काठमाडौं । ग्लोलब आइएमई बैंकको चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा खुद नाफा २४.४८ प्रतिशत बढेर २ अर्ब ३१ करोड ३८ लाख रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासमा बैंकले १ अर्ब ८५ करोड ८६ लाख ५० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । 

चालु आवको असोजसम्ममा बैंकको खुद ब्याज आम्दानी ४ अर्ब १९ करोड ३२ लाख ५४ हजार रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले ४ अर्ब १३ करोड ३० लाख ६३ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

समीक्षा अवधिमा बैंकले १ अर्ब २२ करोड १२ लाख ९० हजार रुपैयाँ खुद शुल्क तथा कमिसन आम्दानी, ६ अर्ब ८ लाख ६४ हजार रुपैयाँ कुल सञ्चालन आम्दानी र ३ अर्ब २२ करोड २५ लाख २९ हजार रुपैयाँ सञ्चालन नाफा गरेको छ । 

समीक्षा अवधिमा बैंकको वितरणयोग्य नाफा २ अर्ब ७ करोड २ लाख २० हजार रुपैयाँ रहेको छ । यस आधारमा बैंकको लाभांश क्षमता १७.७५ प्रतिशत रहेको छ । 

असोजसम्ममा बैंकको निक्षेप संकलन ३.११ प्रतिशत बढेर ६ खर्ब ९० अर्ब रुपैयाँ र कर्जा प्रवाह ७.४८ प्रतिशत बढेर ४ खर्ब ७१ अर्ब ९६ करोड ४९ लाख रुपैयाँ गरेको छ । गत वर्षको असोजसम्ममा बैंकले ६ खर्ब ६९ अर्ब १७ करोड १४ लाख रुपैयाँ निक्षेप संकलन गरी ४ खर्ब ३९ अर्ब ८ करोड ८५ लाख रुपैयाँ कर्जा लगानी गरेको थियो ।

समीक्षा अवधिमा बैंकको निक्षेप तथा कर्जा अनुपात (सीडी रेसियो) ७०.११ प्रतिशत रहेको छ । 

बैंकको प्रतिसेयर आम्दानी १९.५१ रुपैयाँबाट बढेर २३.३५ रुपैयाँ पुगेको छ । यस्तै बैंकको प्रतिसेयर नेटवर्थ १७५.७७ रुपैयाँ रहेको छ भने मूल्य आम्दानी अनुपात १०.८८ गुणा रहेको छ । 

समीक्षा अवधिमा बैंकले खराब कर्जा (एनपीएल) घटाएको छ । गत वर्षको असोजमा ४.९८ प्रतिशत रहेको खराब कर्जा चालु आवको असोजमा घटेर ४.७९ प्रतिशतमा झारेको छ । 

Share News