३ महिनामा एभरेष्ट बैंकको नाफा १.२५ अर्ब रुपैयाँ, खराब कर्जा ०.५० प्रतिशत मात्र

काठमाडौं । एभरेष्ट बैंकको चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा खुद नाफा ६.२२ प्रतिशत बढेर १ अर्ब २५ करोड २७ लाख १९ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासमा बैंकले १ अर्ब १७ करोड ९२ लाख ७४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । 

चालु आवको असोजसम्ममा बैंकको खुद ब्याज आम्दानी १.३५ प्रतिशत घटेर २ अर्ब ३७ करोड १४ लाख ३३ हजार रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले २ अर्ब ४० करोड ३८ लाख ९७ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । 

समीक्षा अवधिमा बैंकले खुद शुल्क तथा कमिशन आम्दानी ६० करोड २९ लाख ८ हजार रुपैयाँ, कुल सञ्चालन आम्दानी ३ अर्ब २२ करोड ९५ लाख ५ हजार रुपैयाँ, सञ्चालन नाफा १ अर्ब ७८ करोड ९७ लाख ७३ हजार रुपैयाँ रहेको छ । 

समीक्षा अवधिमा बैंकको वितरणयोग्य नाफा ३ अर्ब ८७ करोड ८ लाख ५३ हजार रुपैयाँ रहेको छ । यस आधारमा बैंकको लाभांश क्षमता ४०.७७ प्रतिशत रहेको छ । 

१४ अर्ब ४० करोड ७४ लाख ४५ हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा १६ अर्ब ४९ करोड ४६ लाख ८३ हजार रुपैयाँ रहेको छ ।

असोजसम्ममा बैंकको निक्षेप संकलन ६.५२ प्रतिशत बढेर ३ खर्ब ३६ अर्ब ६२ करोड ८० लाख रुपैयाँ र कर्जा प्रवाह ३.८६ प्रतिशत बढेर २ खर्ब ४४ अर्ब ६१ करोड ५ लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिसम्मा बैंकले ३ खर्ब १६ अर्ब १ करोड ८५ लाख रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ३५ अर्ब ५१ करोड ४२ लाख रुपैयाँ कर्जा लगानी गरेको थियो ।

समीक्षा अवधिमा बैंकको निक्षेप तथा कर्जा अनुपात (सीडी रेसियो) ७५.४३ प्रतिशत रहेको छ । 

बैंकको प्रतिसेयर आम्दानी ३६.४४ रुपैयाँबाट घटेर ३४.७८ रुपैयाँमा सीमित भएको छ । यस्तै बैंकको प्रतिसेयर नेटवर्थ २४३.०१ रुपैयाँ रहेको छ भने मूल्य आम्दानी अनुपात २०.६७ गुणा रहेको छ । 

समीक्षा अवधिमा बैंकले खराब कर्जा (एनपीएल) घटाएको छ । गत वर्षको असोजमा ०.७४ प्रतिशत रहेको खराब कर्जा चालु आवको असोजमा घटेर ०.५० प्रतिशतमा झारेको छ । 

Share News