नबिल बैंकको नाफा २ अर्ब ५५ करोड रुपैयाँ

काठमाडौं । नबिल बैंकको चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा खुद नाफा ४५.४ प्रतिशत बढेर २ अर्ब ५५ करोड ५१ लाख रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासमा बैंकले १ अबए ७५ करोड ७० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । 

चालु आवको असोजसम्ममा बैंकको खुद ब्याज आम्दानी २१.४ प्रतिशत बढेर ४ अर्ब ७३ करोड ७० लाख रुपैयाँ गरेको छ । समीक्षा अवधिमा बैंकको वितरणयोग्य नाफा २ अर्ब २६ करोड ४६ लाख रुपैयाँ रहेको छ । यस आधारमा बैंकको लाभांश क्षमता २२.०८ प्रतिशत रहेको छ । 

असोजसम्ममा बैंकको निक्षेप संकलन ४.६ प्रतिशत बढेर ६ खर्ब १९ अर्ब २३ करोड रुपैयाँ र कर्जा प्रवाह ३.४ प्रतिशत बढेर ४ खर्ब ७६ अर्ब १ करोड रुपैयाँ गरेको छ । समीक्षा अवधिमा बैंकको निक्षेप तथा कर्जा अनुपात (सीडी रेसियो) ८०.०१ प्रतिशत रहेको छ । 

बैंकको प्रतिसेयर आम्दानी २५.४९ रुपैयाँबाट बढेर ३३.८९ रुपैयाँ पुगेको छ । यस्तै बैंकको प्रतिसेयर नेटवर्थ २३३.९० रुपैयाँ रहेको छ ।

समीक्षा अवधिमा बैंकले खराब कर्जा (एनपीएल) घटाएको छ । गत वर्षको असोजमा ४.३१ प्रतिशत रहेको खराब कर्जा चालु आवको असोजमा घटेर ४.०६ प्रतिशतमा झारेको छ । 

Share News