काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले १४२ जना कर्मचारीको सरुवा तथा कामकाजमा खटाउने निर्णय गरेको छ ।
मन्त्रालयले असोज २९ गतेको निर्णयअनुसार नेपाल प्रशासन सेवाका राजपत्र अनङ्कित द्वितीय श्रेणीका कर्मचारीको सरुवा तथा कामकाजमा खटाउनेसम्बन्धी सूची सार्वजनिक गरेको हो ।
मन्त्रालयको निर्णयसँगै १४२ जना कर्मचारीको कार्यस्थल परिवर्तन हुने भएको छ । सरुवा तथा कामकाजमा खटाइएका कर्मचारीको नामसहितको विवरण मन्त्रालयले सार्वजनिक गरेको सूचीमा समावेश छ ।