काठमाडौं । मलेसिया जाने कामदारको बायोमेट्रिक गर्ने संस्थाका सञ्चालक कैलाश खड्का पक्राउ परेका छन् ।
नेपाली कामदारलाई सिन्डिकेटमार्फत रोजगारीका लागि मलेसिया पठाइदिने र स्वास्थ्य परीक्षणमा आर्थिक भार थप्ने गरी बढी पैसा आरोपमा प्रहरीले उनलाई बिहीबार पक्राउ गरेको हो ।
वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षणमा सिन्डिकेट खडा गरेको र कामदारसँग बढी रकम लिएको आरोप छ ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले उनी लगायत अन्य मेडिकल व्यवसायीमाथि अनुसन्धान बढाएको छ ।
विभिन्न संघसंस्थामा पनि आबद्ध खड्का वैदेशिक रोजगार बोर्डको सदस्यका रुपमा स्वास्थ्य व्यवसायी तथा स्वास्थ्य व्यवसायी संघका अध्यक्षसमेत थिए ।