गण्डकी विकास बैंकका ग्राहकले नेपाल मेडिसिटी हस्पिटलमा छुट पाउने
काठमाडौं । गण्डकी विकास बैंकका ग्राहकहरुले नेपाल मेडिसिटी हस्पिटलको उपचार खर्चमा छुट पाउने भएका छन् । सोमबार गण्डकी विकास बैंकको तर्फबाट बैंकका नायव प्रमुख कार्यकारी अधिकृत समिर शेखर बज्राचार्य र नेपाल मेडिसिटी हस्पिटलको तर्फबाट जनरल म्यानेजर विजय रिमालले सो सम्वन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार एटीएम होल्डर ग्राहकहरु तथा बैंकका कर्मचारी र तिनिहरुको परिवारको उपचार खर्चमा छुट पाउने भएका छन् । बैंकका एटीएम होल्डर ग्राहकहरुले भ्यालिड एटीएम कार्ड लिई गएमा निज र निजको परिवारको उपचार खर्चमा तोकिए बमोजिमको छुट पाउने छन् ।
अब एनआईसी एशिया बैंकबाटै प्राइम लाईफको इन्स्योरेन्स सेवा पाइने
काठमाडौं । अब एनआईसी एशिया बैंकबाटै प्राइम लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको इन्स्योरेन्स सेवा पाइने भएको छ । सोमबार(आज) दुई कम्पनीबीच भएको बैंकास्योरेन्स सम्झौता पश्चात ग्राहकले उक्त सेवा पाउने भएका हुन् । बैंकास्योरेन्स सम्झौताअनुसार अब यस बैंकका ग्राहकहरुले बैंकको जुनसुकै शाखाहरुबाट सहज रुपमा प्राइम लाईफ इन्स्योरेन्सको जीवन बीमा पोलिसीहरु खरिद गर्न सक्नेछन् । उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका कायम मुकायम प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र इन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनोजकुमार भट्टराईले हस्ताक्षर गरेका छन् । हाल बैंकले २३७ शाखा कार्यालयहरु, २३० एटिएम, १४ वटा एक्सटेन्सन काउण्टर एवं १७ वटा शाखारहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।
एभरेष्ट बैंकले कर्मचारीहरुलाई वार्षिक ५० लाख रुपैयाँकाे तालिम दिने
काठमाडौं । एभरेष्ट बैंकले आफ्नो कर्मचारीहरुका लागि नेशनल बैंकिङ्ग इन्ष्टिच्युटबाट न्युनतम ५० लाख रुपैयाँ बराबर रकमको वार्षिक तालिम संचालन गराउने भएको छ । एभरेष्ट बैंक र नेशनल बैंकिङ्ग इन्ष्टिच्युट(एनबीआई) बीच उक्त तालिम कार्यक्रम संचालन गर्ने सम्झौता भएको हो । उक्त सम्झौतापत्रमा एभरेष्ट बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सोमेश्वर सेठ र नेशनल बैंकिङ्ग ईन्ष्टिच्युटका प्रमुख कार्यकारी अधिकृतसंजिब सुब्बाबीच हस्ताक्षर भएको छ । यस सम्झौताअनुसार एनबीआईले एभरेष्ट बैंकका कर्मचारीहरुको कार्यदक्षता विकासका लागि विभिन्न तालिमहरु उपलब्ध गराउने छ ।