एनआईसी एशिया बैंकका ग्राहकलाई नर्भिक इन्टरनेसनल हस्पिटलमा १० प्रतिशत छुट
काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडका ग्राहकले थापाथलीको नर्भिक इन्टरनेसनल हस्पिटल एण्ड मेडिकल कलेजमा उपचार गराउँदा १० प्रतिशत छुट पाउने भएका छन् । हालै दुई संस्थाबीच भएको सम्झौता पश्चात बैंकका ग्राहकले नर्भिक हस्पिटलमा सो मात्राको छुट पाउने भएका हुन् । उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका चिफ मार्केटिङ्ग अफिसर जयेन्द्र रावल र हस्पिटलको तर्फबाट नर्भिक इन्टरनेसनल हस्पिटलका कार्यकारी निर्देशक राजेन्द्रबहादुर सिंहले हस्ताक्षर गरेका छन् । सम्झौता पश्चात बैंकका कर्मचारी, कर्मचारीका परिवार, बैंकको डेबिट तथा क्रेडिट कार्डवाहक तथा बैंकका सम्पुर्ण ग्राहकहरुलाई नर्भिक इन्टरनेसनल हस्पिटलमा उपचार गराउँदा हस्पिटलको विभिन्न सेवा सुविधाहरुमा १० प्रतिशतसम्मको छुट पाउने भएका छन् ।
नेपाल लाइफ इन्स्योरेन्स र मेगा बैंकको सबैभन्दा बढी सेयर कारोबार, यस्तो छ कारण
काठमाडौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र मेगा बैंकको सबैभन्दा बढी सेयर कारोबार भएको छ । नेपाल लाइफको ७ करोड ८४ लाख बराबरको सेयर कारोबा भएको छ । यस्तै कारोबार भएको सेयर सङ्ख्याको आधारमा मेगा बैंक अग्रस्थानमा रहेको छ । सो बैंकको १ लाख ७५ हजार कित्ता सेयर खरीद बिक्री भएका थिए । दुबै संस्थाको गत आर्थिक वर्षमा वित्तीय विवरण राम्रो आएपछि लगानीकर्ताले बढी सेयर किनेका हुन् । मेगाको ३२ प्रतिशत र नेपाल लाइफको १५ प्रतिशत नाफा बढेको छ । अघिल्लो वर्षको भन्दा बढी प्रतिफल पाउने अनुमान लगानीकर्ताको छ । बीमाङकीय मुल्याँकन हुन बाँकी रहेकाले नेपाल लाइफको नाफा अझै बढ्ने छ । धितोपत्र बजारमा यस साता १ अर्ब ४३ करोड ३२ लाख ९४ हजार रुपैयाँ बराबरको सेयर कारोवार भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार कूल १८५ कम्पनीको ४५ लाख २ हजार ४५० कित्ता सेयर खरीद बिक्री भएका छन् । कारोवार रकम गत साताको भन्दा ५६.१० प्रतिशत बढी हो । गत साता १८१ कम्पनीको ३६ लाख ४७ हजार ८४० कित्ता सेयर रु ९१ करोड ८७ लाख ३२ हजार बराबरका खरिद बिक्री भएका थिए । गत साताको तुलनामा यस साता कारोवार रकम र नेप्से परिसूचकसमेत उकालो लागेर लगानीकर्तालाई खुशी तुल्याएको छ ।
माछापुच्छ्रे बैंकको ब्राण्ड एम्ब्यासडरमा मिरा रार्इ, प्रतिमा शेर्पा र अार्यन गिरी नियुक्त
काठमाडौं । माछापुच्छ्रे बैंकले कम्पनीको ब्राण्ड एम्ब्यासडरमा खेलकुद क्षेत्रका मिरा राई, प्रतिमा शेर्पा र आर्यन गिरीलाई नियुक्त गरेको छ । बैंकले शुक्रबार पत्रकार सम्मेलन गर्दै कम्पनीको ब्राण्ड एम्ब्यासडरमा उक्त तीन जनालाई नियुक्त गरेको हो । कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्माले मिरा राई, प्रतिमा शेर्पा र आर्यन गिरी जस्ता खेलाडीहरुलाई बैंकसँग आवद्ध गर्न पाउन गौरवको विषय रहेको बताएका छन् । बैंकका पूर्व अध्यक्ष तथा पुर्व सांसद डा. बीरेन्द्रप्रसाद महतोले समेत बैंकले नियुक्त गरेका ब्राण्ड एम्ब्यासडरहरुले बैंकलाई अझै उचाईमा पुर्याउने बताएका छन् । मिरा राई : मिरा राई नेपाली म्याराथनको एक चर्चित नाम हो । विभिन्न अल्ट्रा म्याराथन खेलमा सहभागिता जनाइसकेकी मिरा राईले देश र विदेशमा थुप्र्रै उपाधि जितिसकेकी छिन् । मिरा राईले २०१५ मा फ्रान्समा सम्पन्न ८० किलोमिटर विश्व म्याराथनमा पहिलो स्थान हासिल गरेकी छिन् । विश्व अल्ट्रा म्याराथनमा आफुलाई स्थापित गर्दै आएकी नेपाली धाविका मिरा राई नेसनल ज्योग्राफिकले २०१७ मा सार्वजनिक गरेको ‘एड्भेन्चर अफ द इयर‘को उपाधि समेत जित्न सफल भएकी छिन् । प्रतिमा शेर्पा : प्रतिमा शेर्पा नेपालको नम्बर १ महिला गल्फर हुन् । रोयल नेपाल गल्फ क्लबमा हुर्केकी शेर्पाले १५ वर्षकै उमेर देखि खेलको प्रशिक्षण लिन थालेकी थिइन् । सानो उमेरमै लगातार उपाधि जित्न सफल भएकी उनले पूर्व विश्व नं. १ टाईगर उड्सलाई समेत भेटेकी थिइन् । उनको दुईमहिने अमेरिका भ्रमणका दौरान ईसपीएनले उनीमाथि एक वृतचित्र समेत निर्माण गरको थियो । आर्यन गिरी : आर्यन गिरी अर्का १३ वर्षीय उदीयमान टेनिस खेलाडी हुन् । ६ वर्षको कलिलै उमेरदेखि टेनिस शुरु गरेका गिरी बर्न सर्भाइभर हुन् । उनले नेपाल अन्डर १४को नम्बर १ र एशिया अन्डर १४मा नम्बर २९ स्थान बनाउन सफल खेलाडी हुन् । उनले आफ्नो मेहेनत र परिश्रमले एशियाकै नम्बर १ हुने लक्ष्य लिएका छन्