काठमाडौं । धौलागिरी कालिका हाईड्रो लिमिटेडले निर्माण गर्न लागेको २५ मेगावाट क्षमताको “दर्वाङ्ग म्याग्दी जलविद्युत परियोजना” मा लगानी जुटेको छ ।
परियोजनामा लगानी गर्न प्रवद्र्घक कम्पनी र बैंकहरुबीच सानिमा बैंकको अगुवाईमा कर्जा लगानी सम्झौता भएको छ ।
सम्झौता अनुसार बैंकको अगुवाईमा प्रभु, कुमारी, सेञ्चुरी, महालक्ष्मी, मुक्तीनाथ विकास बैंकले अधिकतम ७० प्रतिशत लगानी गर्ने छन् ।
उक्त परियोजना सम्पन्न हुन तीन वर्ष लाग्ने र परियोजनाले वार्षिक १५ करोड युनिट बिजुली उत्पादन गर्ने कम्पनीले जनाएको छ ।