कुमारी बैंकको नाफा ४३ प्रतिशत बढेर १ अर्ब नाघ्यो
काठमाडौं । कुमारी बैंकले गत आर्थिक वर्षमा नाफा ४३ प्रतिशत बढाएको छ । बैंकले गत आर्थिक वर्ष ०७४/०७५ मा १ अर्ब रुपैयाँ नाफा गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा बैंकले ७० करोड रुपैयाँ खुदनाफा गरेको थियो । अघिल्लो वर्षको तुलनामा गत वर्ष नाफा ३० कराेड रूपैयाँ बढेको छ । बैंकले गत वर्ष २ अर्ब ४ करोड ८४ लाख रुपैयाँ ब्याज आम्दानी गरेको छ । अघिल्लो वर्ष १ अर्ब ४३ करोड ४३ लाख रुपैयाँ ब्याज आम्दानी गरेको थियो । प्रतिसेयर आम्दानी बढेर १३ रुपैयाँ ९८ पैसा पुगेको छ । अघिल्लो वर्ष ११ रुपैयाँ ७३ पैसा थियो । बैंकको निष्क्रिय कर्जा घटेर १ प्रतिशतमा झरेको छ । यस्तै निक्षेप लागत ८.२५, कर्जा निक्षेप अनुपात ७६.५४ र आधारदर ११.६० प्रतिशत पुगेको छ । समिक्षा अवधिमा बैंकले ६९ अर्ब ६७ करोड रुपैयाँ निक्षेप परिचालन गरी ६२ अर्ब ९४ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकको संचित कोषको आकार बढेर ४ अर्ब ५३ करोड रुपैयाँ पुगेको बुधबार सार्वजनिक गरिएको वित्तीय विवरणमा उल्लेख छ ।
बीओकेको नाफा १८ प्रतिशत बढ्यो, गत वर्ष १५४ अर्ब
काठमाडौं । बैंक अफ काठमाण्डु लिमिटेड (बीओके) ले गत आर्थिक वर्षमा नाफा १८ प्रतिशत बढाएको छ । बैंकले गत आर्थिक वर्ष ०७४÷०७५ मा १ अर्ब ५४ करोड ८६ लाख रुपैयाँ खुदनाफा गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा बैंकले १ अर्ब ३१ करोड २३ लाख रुपैयाँ खुदनाफा गरेको थियो । अघिल्लो वर्षको तुलनामा बैंकले २३ करोड रुपैयाँ नाफा बढाएको छ । बैंकले बुधबार सार्वजनिक गरेको गत आर्थिक वर्षको वित्तीय विवरणमा ब्याज आम्दानी बढाएर ३ अर्ब १२ करोड २२ रुपैयाँ पुर्याएको छ । अघिल्लो वर्षको सोही अवधिमा २ अर्ब ६७ करोड ६६ लाख रुपैयाँ ब्याज आम्दानी गरेको थियो । बैंककको प्रतिसेयर आम्दानी (ईपीएस) २१ रुपैयाँ ८४ पैसा रहेको छ । अघिल्लो वर्ष २४ रुपैयाँ ७५ पैसा थियो । यस्तै बैंकको निष्क्रय कर्जा १.३२, निक्षेप लागत ८.८७, कर्जा निक्षेप अनुपात ७६.३०, आधारदर १०.६७ प्रतितश रहेको छ । बैंकले ७७ अर्ब १६ करोड रुपैयाँ निक्षेप परिचालन गरेर ६८ अर्ब ८६ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकको संचित कोषको आकार बढेर ६ अर्ब ३५ करोड ६३ लाख रुपैयाँ पुगेको छ।
सेन्चुरी बैंकको नाफा ७५ प्रतिशतले बढ्यो, सेयरधनीले ८ प्रतिशत लाभांश पाउन सक्ने
काठमाडौं । सेन्चुरी कमर्सियल बैंकले गत आर्थिक वर्षमा ८७ करोड ५७ लाख रुपैयाँ खुद नाफा गरेको छ । आर्थिक वर्ष २०७३/७४ मा बैंकले ५० करोड १३ लाख खुद नाफा गरेको थियो । अघिल्लो वर्षको तुलनामा बैंकको नाफा ७५ प्रतिशतले वृद्धि भएको छ । नाफा वृद्धिको आधारमा सेन्चुरी बैंकको वृद्धिदर सबैभन्दा उच्च भएको बैंक व्यवस्थापनले जनाएको छ । बैंकको सेयर पुँजी ८ अर्ब ६ करोड रुपैयाँ छ । संचित कोषमा १ अर्ब १० करोड छ । प्रति सेयर आम्दानी ११ रुपैयाँ ४७ पैसा छ । गत आर्थिक वर्षको नाफाबाट बैंकले सेयरधनीलाई बढीमा ८ प्रतिशत लाभांश दिन सक्छ । बैंकको पुँजी प्रयाप्तता १६.२२ प्रतिशत भएकाले सेयरधनीलाई नगद लाभांश पाउने सम्भावना छ । असार मसान्तमा बैंकको वासलात ७३ अर्ब २० करोडको भएको छ । निक्षेप ६१ अर्ब, कर्जा सापटी ५४ अर्ब, सेयर लगानी ५ अर्ब रुपैयाँ छ । पुँजीको आधार बढी भएकोले लगानी विस्तारमा बैंकलाई दवाव छ । सीडी रेसियो ७५ प्रतिशत छ । खराव कर्जा शुन्य दशमलव ४ प्रतिशत छ । कष्ट अफ फण्ड ८.८६ प्रतिशत छ । समग्रमा बैंकको वित्तीय अवस्था राम्रो छ ।