कुमारी बैंकको नाफा ४३ प्रतिशत बढेर १ अर्ब नाघ्यो

<p>काठमाडौं । कुमारी बैंकले गत आर्थिक वर्षमा नाफा ४३ प्रतिशत बढाएको छ । बैंकले गत आर्थिक वर्ष ०७४/०७५ मा १ अर्ब रुपैयाँ नाफा गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा बैंकले ७० करोड रुपैयाँ खुदनाफा गरेको थियो । अघिल्लो वर्षको तुलनामा गत  वर्ष नाफा ३० कराेड रूपैयाँ बढेको छ । बैंकले गत वर्ष २ अर्ब [&hellip;]</p>

काठमाडौं । कुमारी बैंकले गत आर्थिक वर्षमा नाफा ४३ प्रतिशत बढाएको छ । बैंकले गत आर्थिक वर्ष ०७४/०७५ मा १ अर्ब रुपैयाँ नाफा गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा बैंकले ७० करोड रुपैयाँ खुदनाफा गरेको थियो । अघिल्लो वर्षको तुलनामा गत  वर्ष नाफा ३० कराेड रूपैयाँ बढेको छ ।

बैंकले गत वर्ष २ अर्ब ४ करोड ८४ लाख रुपैयाँ ब्याज आम्दानी गरेको छ । अघिल्लो वर्ष १ अर्ब ४३ करोड ४३ लाख रुपैयाँ ब्याज आम्दानी गरेको थियो । प्रतिसेयर आम्दानी बढेर १३ रुपैयाँ ९८ पैसा पुगेको छ । अघिल्लो वर्ष ११ रुपैयाँ ७३ पैसा थियो ।

बैंकको निष्क्रिय कर्जा घटेर १ प्रतिशतमा झरेको छ । यस्तै निक्षेप लागत ८.२५, कर्जा निक्षेप अनुपात ७६.५४ र आधारदर ११.६० प्रतिशत पुगेको छ ।  समिक्षा अवधिमा बैंकले ६९ अर्ब ६७ करोड रुपैयाँ निक्षेप परिचालन गरी ६२ अर्ब ९४ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकको संचित कोषको आकार बढेर ४ अर्ब ५३ करोड रुपैयाँ पुगेको बुधबार सार्वजनिक गरिएको वित्तीय विवरणमा उल्लेख छ ।

Share News