काठमाडौं । ज्योति विकास बैंक र देवः विकास बैंकबीच रेमिटेन्स सम्झौता भएको छ । आइतबार(आज) सम्पन्न उक्त सम्झौतामा ज्योति विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकाल र देवःविकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजयबहादुर श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

यस सम्झौता पछि ज्योति विकास बैंकले हालै संचालनमा ल्याएको ज्योति रेमिट सेवा देवस् विकास बैंकका सम्पूर्ण शाखा कार्यालयहरुबाट रेमिटेन्स सेवा प्राप्त गर्न सकिने कम्पनीका प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले बताएका छन् ।
हाल ज्योति विकास बैंकको कुल ६० वटा र देवः विकास बैंकको ५१ वटा शाखा कार्यालयहरु सञ्चालनमा रहेका छन् ।