माछापुच्छ्रे बैंकले वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्ने

<p>काठमाडौं । माछापुच्छ्रे बैंक र रियान्डा बिजसर्भ (फिनलिट सँगको संयुक्त सहकार्यमा)बीच वित्तीय साक्षरता सम्बन्धि सम्झौता भएको छ । बैंकले यूके एड सक्षम एक्सेस् टु फाइनान्सको सहयोगमा उक्त कार्यक्रम सञ्चालन गर्ने सम्झौता गरेको छ । सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा, रियान्डा बिजसर्भका तर्फबाट प्रवन्ध निर्देशक भरत रिजाल र फिनलिटको तर्फबाट प्रवन्ध निर्देशक प्रकाश [&hellip;]</p>

काठमाडौं । माछापुच्छ्रे बैंक र रियान्डा बिजसर्भ (फिनलिट सँगको संयुक्त सहकार्यमा)बीच वित्तीय साक्षरता सम्बन्धि सम्झौता भएको छ । बैंकले यूके एड सक्षम एक्सेस् टु फाइनान्सको सहयोगमा उक्त कार्यक्रम सञ्चालन गर्ने सम्झौता गरेको छ ।

सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा, रियान्डा बिजसर्भका तर्फबाट प्रवन्ध निर्देशक भरत रिजाल र फिनलिटको तर्फबाट प्रवन्ध निर्देशक प्रकाश कोईरालाले संयुक्त रुपमा हस्ताक्षर गरेका छन् ।

यो सम्झौतासँगै बैंकले तोके बमोजिमका वित्तीय साक्षरता सम्बन्धि सम्पूर्ण कार्यहरु रियान्डा बिजसर्भ (फिनलिट सँगको संयुक्त सहकार्यमा)ले गर्नेछ । यस सम्झौताको कार्यन्वयन पश्चात नेपालको वित्तीय साक्षरतान्यून रहेका ११ जिल्लाहरुमा बैंकले वित्तीय साक्षरता सम्बन्धि कार्यक्रम गर्ने लक्ष्य राखेको छ ।

बैंकले उक्त वित्तीय साक्षरता कार्यक्रम अन्तर्गत वित्तीय साक्षरता सम्बन्धि तालिम, श्रव्य-दृश्य प्रस्तुती, नाटक-कथामञ्चन, किताब र पढ्ने सामग्रीहरु वितरण, आदि कामहरु गर्ने बताएको छ ।

Share News