गण्डकी विकास बैंकका ग्राहकले नेपाल मेडिसिटी हस्पिटलमा छुट पाउने

<p>काठमाडौं । गण्डकी विकास बैंकका ग्राहकहरुले नेपाल मेडिसिटी हस्पिटलको उपचार खर्चमा छुट पाउने भएका छन् । सोमबार गण्डकी विकास बैंकको तर्फबाट बैंकका नायव प्रमुख कार्यकारी अधिकृत समिर शेखर बज्राचार्य र नेपाल मेडिसिटी हस्पिटलको तर्फबाट जनरल म्यानेजर विजय रिमालले सो सम्वन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार एटीएम होल्डर ग्राहकहरु तथा बैंकका कर्मचारी र [&hellip;]</p>

काठमाडौं । गण्डकी विकास बैंकका ग्राहकहरुले नेपाल मेडिसिटी हस्पिटलको उपचार खर्चमा छुट पाउने भएका छन् । सोमबार गण्डकी विकास बैंकको तर्फबाट बैंकका नायव प्रमुख कार्यकारी अधिकृत समिर शेखर बज्राचार्य र नेपाल मेडिसिटी हस्पिटलको तर्फबाट जनरल म्यानेजर विजय रिमालले सो सम्वन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार एटीएम होल्डर ग्राहकहरु तथा बैंकका कर्मचारी र तिनिहरुको परिवारको उपचार खर्चमा छुट पाउने भएका छन् । बैंकका एटीएम होल्डर ग्राहकहरुले भ्यालिड एटीएम कार्ड लिई गएमा निज र निजको परिवारको उपचार खर्चमा तोकिए बमोजिमको छुट पाउने छन् ।

Share News