रेमिट्यान्स आप्रवाह ८.६ प्रतिशत बढ्यो, असारसम्म ७ खर्ब ५५ अर्ब

<p>काठमाडौं । गत आर्थिक वर्ष ०७४/०७५ मा विप्रेषण (रेमिट्यान्स) आप्रवाह ८.६ प्रतिशत वृद्धि भएको छ । गत असारसम्म ७ खर्ब ५५ अर्ब ६ करोड रुपैयाँ रेमिट्यान्स आप्रवाह भएको छ । अघिल्लो वर्ष रेमिट्यान्स आप्रवाह ४.६ प्रतिशतले वृद्धि भएको थियो । अघिल्लो वर्ष २६.३ प्रतिशत रहेको विप्रेषण आप्रवाहको कुल गार्हस्थ उत्पादनसँगको अनुपात समीक्षा वर्षमा २५.१ प्रतिशत [&hellip;]</p>

काठमाडौं । गत आर्थिक वर्ष ०७४/०७५ मा विप्रेषण (रेमिट्यान्स) आप्रवाह ८.६ प्रतिशत वृद्धि भएको छ । गत असारसम्म ७ खर्ब ५५ अर्ब ६ करोड रुपैयाँ रेमिट्यान्स आप्रवाह भएको छ ।

अघिल्लो वर्ष रेमिट्यान्स आप्रवाह ४.६ प्रतिशतले वृद्धि भएको थियो । अघिल्लो वर्ष २६.३ प्रतिशत रहेको विप्रेषण आप्रवाहको कुल गार्हस्थ उत्पादनसँगको अनुपात समीक्षा वर्षमा २५.१ प्रतिशत रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या गत आर्थिक वर्षमा अघिल्लो वर्षको तुलनामा १०.१ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ४.७ प्रतिशतले घटेको थियो । समीक्षा वर्षमा मलेसिया, संयुक्त अरब ईमिरेट्स, कुवेत लगायतका देशमा जाने कामदारको संख्यामा वृद्धि भएको छ । साउदी अरेविया, कतार लगायतका देशमा जाने कामदारको संख्यामा गिरावट आएको छ ।

Share News