कालोसुचिमा पर्ने ऋणीको संख्या १९ प्रतिशत बढ्यो, ऋणी छनौटमा ध्यान दिन केन्द्रीय बैंकको सुझाव

<p>काठमाडौं । बैंक तथा वित्तीय संस्थाको ऋण नतिरेर कालो सुचिमा परेको ऋणीको संख्याँ १९ प्रतिशत बढेको छ । गत असारसम्म कर्जा नितेरर कालो सुचिमा परेका ऋणीको संख्या बढेर ६ हजार २४१ पुगेको छ । अघिल्लो वर्ष यस्ता ऋणीको संख्या ५ हजार २४७ थियो । बैंक तथा वित्तीय संस्थाहरुको अनुरोधमा कर्जा सूचना केन्द्र लिमिटेडबाट कालोसूचीमा राख्ने [&hellip;]</p>

काठमाडौं । बैंक तथा वित्तीय संस्थाको ऋण नतिरेर कालो सुचिमा परेको ऋणीको संख्याँ १९ प्रतिशत बढेको छ । गत असारसम्म कर्जा नितेरर कालो सुचिमा परेका ऋणीको संख्या बढेर ६ हजार २४१ पुगेको छ । अघिल्लो वर्ष यस्ता ऋणीको संख्या ५ हजार २४७ थियो ।

बैंक तथा वित्तीय संस्थाहरुको अनुरोधमा कर्जा सूचना केन्द्र लिमिटेडबाट कालोसूचीमा राख्ने गरिन्छ । कर्जा नितिर्ने ऋणीको संख्या बढेको प्रति नियामक नेपाल राष्ट्र बैंकले चिन्ता व्यक्त गरेको छ । ऋणी छनौटमा थप ध्यान दिन केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थालाई सुझाएको छ ।

Share News