सिभिल बैंकले बालविकास समाजलाई दियो दुई लाख रुपैयाँ

काठमाडौं । सिभिल बैंक लिमिटेडले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत बालविकास समाजलाई २ लाख रुपैयाँको चेक हस्तान्तरण गरेको छ । उक्त चेक सिभिल बैंकका चिफ बिजिनेस अफिसर सुजितकुमार शाक्यद्वारा बालविकास समाजका अध्यक्ष सुवास गौतम र कोषाध्यक्ष सुरेन्द्र ढकाललाई संयूक्त रुपमा हस्तान्तरण गरेका थिए । देशको भविष्य युवा पुस्ताको हातमा रहेको कुरा मनन गर्दै बालविकास समाजलाई यो सहयोग गरिएको कुरा बैंकका चिफ बिजिनेस अफिसर सुजितकुमार शाक्यले बताए । सिभिल बैंकले संस्थागत सामाजिक उत्तरदायित्वको कार्यक्रम अन्तर्गत पाँचखालमा संचालित ‘समाज कल्याण बाल गृहका तीन अनाथ बालकहरूको कक्षा १० सम्मको सम्पूर्ण खर्च बैंकले विगत ८ वर्ष देखि व्योहोर्दै आइरहेको छ । यस बालविकास समाजसँग पनि बैंकले विगत २ वर्षदेखि निरन्तर रुपमा सहयोग उपलब्ध गराउँदै आइरहेको बताएको छ ।

साँग्रिला डेभलपमेन्ट बैंकको सीईओमा सुुयोग श्रेष्ठ, बैंकिङ् क्षेत्रमा लामाे अनुुभव

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको प्रमुुख कार्यकारी अधिकृत(सीईओ)मा सुुयोग श्रेष्ठ नियुुक्त भएका छन् । विकास बैंकको भदौ ८ गते(आज) बसेको संचालक समितिको २१४औं बैठकले श्रेष्ठलाई उक्त पदमा नियुुक्त गर्ने निर्णय गरेको हो । संखुुवासभा जिल्लाको चैनपुुरमा ४६ वर्ष अघि जन्मिएका श्रेष्ठ यसअघि तत्कालीन एस डेभलपमेन्ट बैंकको प्रमुुख कार्यकारी अधिकृत थिए । नवनियुक्त सीईओ श्रेष्ठले त्रिभुुवन विश्व विद्यालयबाट व्यवस्थापनमा स्नातक तथा ईन्सिच्युुट अफ चार्टर्ड एकाउन्टेन्ट्स अफ ईन्डीया, नयाँ दिल्लीबाट चार्र्टर्ड एकाउन्टेन्ट उत्तीर्ण गरेका छन् । सन् २००० मा हिमालयन बैंकबाट जुुनियर अफिसर स्तरबाट आफ्नो बैंकिङ् करियर शुुरु गरेका श्रेष्ठले उक्त बैंकमा इन्टर्नल अडिट डिपार्टमेन्ट हेडसम्मको जिम्मेवारी सम्हालेका थिए । त्यस्तै, उनले सन् २००५ मा नेपाल इन्भेष्टमेन्ट बैंकमा सहायक प्रबन्धक हुुँदै प्रबन्धक तहसम्मको जिम्मेवारी बहन गरी त्यसपछि सन् २००९ मा तत्कालीन भिवोर डेभलपमेन्ट बैंकमा बरिष्ठ प्रबन्धक पदमा कार्य समेत गरेका थिए ।  श्रेष्ठले सन् २०१० मा तत्कालीन एस डेभलपमेन्ट बैंकको सहायक महाप्रबन्धक, निमित्त प्रमुुख कार्यकारी अधिकृत हुुँदै प्रमुुख कार्यकारी अधिकृतको जिम्मेवारी समेत सफलतापूूर्वक बहन गरि सकेका थिए । यसरी विभिन्न कर्मर्सियल बैंक तथा विकास बैंकको जिम्मेवारपूूर्ण पदमा रही लामो बैंकिङ् अनुुभव हासिल गरेका श्रेष्ठको कार्यकाल तथा नयाँ नेतृत्वले सांग्रिला डेभपलमेन्ट बैंकलाई थप सफलता तथा उचाई प्रदान हुुने संचालक समितिको विश्वास रहेको छ ।

मर्जको लागि लक्ष्मी बैंक लचिलो बन्दा एभरेष्ट बैंक टाढियो, अन्तिम घडीमा वार्ता टुट्यो

काठमाडौं । एभरेष्ट बैंक र लक्ष्मी बैंकबीच मर्जका लागि भएको प्रयास अबरुद्ध भएको छ । पछिल्लो समय मर्जको लागि लक्ष्मी बैंक लचिलो बनेको छ तर एभरेष्ट बैंक टाँढिदै गएको छ । दुई बैंकबीच मर्जको लागि विगत एक वर्षदेखि प्रयास भएको थियो । दुबै बैंकले राष्ट्र बैंकबाट अनुमति लिएर विदेशी कम्पनी इएण्डवाईबाट डीडीए गराएका थिए । उक्त डीडीए रिपोर्ट थन्किएको छ भने दुई बैंकबीच सम्वाद टुटेको छ । लक्ष्मी बैंक अझै मर्जको लागि लचिलो रहेको पाइएको छ भने एभरेष्ट बैंक मर्जबाट टाँढिदै गएको छ । एभरेष्ट बैंकले यसअघि कुमारी, तत्कालिन किष्ट र नेपाल इन्भेष्टमेन्ट बैंकसँग मर्जको प्रयार गरेर अन्तिममा तोडेको थियो । एभरेष्ट बैंकको पछिल्ला गतिविधि र मर्ज बारे उसको इतिहास सम्झेरै यतिबेला लक्ष्मी बैंकको मनमा चिसो पसेको छ । शर्तपछि शर्त पहिला डीडीए रिपोर्टका आधारमा स्वाप रेसियो तय गर्ने, त्यसपछि मर्ज सम्बन्धि सम्झौता गर्ने एभरेष्ट बैंकको प्रस्तावका आधारमा दुबै बैंकले डीडीए गराए । डीडीए विदेशी कम्पनीबाट गराउने एभरेष्ट बैंकको अडानपछि राष्ट्र बैंकबाट स्वीकृति लिएर दुबै बैंकले इएण्डवाई नामक अन्तराष्ट्रिय अडिट कम्पनीबाट डीडीए गराए । डीडीए गर्ने कम्पनी छनौट गर्दा पनि एभरेष्ट बैंकको निर्णायक भूमिका रहेको बताइएको छ । डिडिए रिपोर्टमा एभरेष्ट बैंकको सेयर मूल्य प्रतिकित्ता १०० रहदाँ लक्ष्मी बैंकको सेयर मूल्य प्रतिकित्ता ६० हुने उल्लेख गरिएको छ । स्रोतका अनुसार गत चैतमा डिडिए रिपोर्ट आएपछि एभरेष्ट बैंकले नयाँ सर्त राख्यो । उसले फेरि २०७५ असार मसान्तको वित्तीय विवरणलाई पनि आधार मानेर मर्ज गर्ने अडान लियो । दुबै बैंकले असार मसान्तको वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् । यतिबेला एभरेष्ट बैंक र लक्ष्मी बैंकबीच मर्जको विषयमा वार्ता टुटेको छ । एभरेष्ट बैंकका अध्यक्ष विके श्रेष्ठ लण्डनमा गएर बसेका छन् । अध्यक्ष विदेशमा रहेको जनाउँदै एभरेष्ट बैंक वार्तामा बस्न मानेको छैन । ‘सबै तयारी पुरा भयो, वित्तीय वितरण पनि आयो । समय धेरै बितिसक्यो, अचेल दुई पक्षबीच वार्ता हुुन सकिरहेको छैन’ स्रोतले भयो । लक्ष्मी बैंक अप्ठ्यारोमा लक्ष्मी बैंकको सञ्चालक समिति मर्जप्रति इमान्दार देखिएको छ तर मर्ज प्रक्रिया लम्बिदा लक्ष्मी बैंकलाई नै अप्ठ्यारो परेको छ । यस बैंकको प्रमुख कार्यकारी अधिकृत सुधेश खालिङको कार्यकाल तीन महिनाअघि नै सकिएको हो । एभरेष्टले असार मसान्तको वित्तीय विवरण हेर्ने भनेपछि बैंकले खालिङको कार्यकाल तीन महिना मात्र थपेको पाइएको छ । खालिङका लागि थपिएको तीन महिनाको कार्यकाल पनि सकिएको छ । उनी भदौं १० देखि बिदामा बस्दैछन् । ‘मर्ज हुन्छ नै भनेर हामीले सीईओ थोरै समयका लागि लियौं । यतिबेला मर्ज प्रक्रिया गतिहिन भएको छ’ लक्ष्मी बैंकका एक सञ्चालकले भने । मर्ज हुने भनेपछि कर्मचारीमा पनि अन्याैल्ता देखिएको छ । बैंकको वार्षिक योजना र कार्यक्रम प्रभावित भएका छन् । विजनेश र ब्राण्डिङका काम प्रभावित भएका छन् ।