काठमाडौं । जनता बैंक नेपाल लिमिटेडले ‘मेरो तलव खाता’ संचालनमा ल्याएको छ । बैंकले आकर्षक व्याजदर, बीमा तथा अन्य धेरै सुविधा सहित उक्त खाता संचालनमा ल्याएको हो ।
श्रम ऐनको सबै क्षेत्रका कर्मचारीको पारिश्रमिक बैंक खातामार्फत भुक्तानी गर्नुपर्ने अनिवार्य व्यवस्थालाई मध्येनजर गर्दै बैंकले श्रमिक/कर्मचारी वर्गको अधिकतम सुविधा सुनिश्चित गर्ने उद्देश्यले यस सेवा संचालनमा ल्याएको हो ।
मेरो तलव खाताका विशेषताहरु:
- शुन्य मौज्दातमा खाता खोल्न सकिने ।
- वार्षिक व्याज दर ७ प्रतिशत ।
- दैनिक मौज्दातमा त्रैमासिक व्याज भूक्तानी ।
- निःशुल्क भिसा डेविट कार्ड(२ वर्षको लागि )
- निःशुल्क दुर्घटना (मृत्यु)बीमा सुविधा( ७ लाख सम्म ) ।
- निःशुल्क एबीबीएस सुविधा (रु.२ लाख सम्म ) ।
- निःशुल्क चेक, स्टेटमेन्ट(अन डिमान्ड तथा आस्वा सेवा)
संगठित क्षेत्रमा कार्यरत सबै उमेर समूहका ग्राहकहरुले नजिकको शाखा कार्यालयमा मेरो तलब खाता खोली यो योजनामा सहभागी हुन सक्ने बैंकले जनाएको छ ।