अब गरिमा विकास बैंकबाटै एभरेष्टको इन्स्योरेन्स सेवा पाइने
काठमाडौं । अब गरिमा विकास बैंक लिमिटेडबाटै एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडको बीमा सेवा पाइने भएको छ । बुधबार दुर्इ संस्थाबीच भएकाे बैंकास्याेरेन्स सेवा प्रदान गर्ने सम्झौता पश्चात बैंकका ग्राहकहरुले उक्त सेवा पाउने भएका हुन् । उक्त सम्झौता पत्रमा गरिमा विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकाल र एभरेष्ट इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कमल गाैतमले हस्ताक्षर गरेका छन् । सो सेवा अन्तर्गत बैंकका ग्राहकहरुले एभरेष्ट इन्स्योरेन्सका विभिन्न प्रकारका बीमा सेवा प्राप्त गर्न, बीमा शुल्क भुक्तानी गर्न, बीमा लेख लिन तथा बीमा दाबी भुक्तानी सहज रुपमा प्राप्त गर्न सक्नेछन् । सो सेवा गरिमा विकास बैंकका सम्पूर्ण शाखाहरुबाट उपभोग गर्न सक्ने व्यवस्था मिलाइएको छ ।
ओम डेभलपमेन्ट बैंक र नेशनल लाईफ बीच बैंकास्योरेन्स सम्झौता
काठमाडौं । ओम डेभलपमेन्ट बैंक र नेशनल लाईफ इन्स्यारेन्स कम्पनीबीच बैंकास्योरेन्स सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा बैकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिश्वमोहन अधिकारी र नेशनल लाईफ इन्स्यारेन्स कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत भरत बस्नेतले हस्ताक्षर गरेका छन् । सम्झौतामा बैंकले आफ्ना ग्राहक तथा कर्मचारीकोे विभिन्न प्रकारको जीवन बीमा नेशनल लाईफ इन्स्यारेन्स कम्पनीबाट सहजरुपमा गर्ने व्यवस्था गर्ने जनाएको छ । यस सम्झौता मार्फत बैंकका ग्राहकले जुनसुकै शाखाबाट सबै प्रकारका जीवन बीमा लेख प्राप्त गर्न रपरेको समय दाबी भुक्तानी सहज रुपमा लिन सक्नेछन् । सम्झौताले ओम डेभलपमेन्ट बैंकको ग्राहकलाई बैकिङ् तथा बीमा एकद्धार प्रणालीबाट प्रदान गर्ने लक्ष्य लिएको प्रमुख कार्यकारी अधिकृत अधिकारीले बताए ।
३ अर्ब ८१ करोडको बोनस सेयर दर्ता, सबैभन्दा बढी हिमालयन बैंकको कसको कति (सूचिसहित)
काठमाडौं । साउनयता डेढ महिनाको अवधिमा विभिन्न ८ कम्पनीको झण्डै ४ अर्ब रुपैयाँ बराबरको बोनस सेयर दर्ता भएको छ । विभिन्न ८ बैंक तथा वित्तीय संस्थाको ३ अर्ब ८१ करोड ५३ लाख रुपैयाँ बराबरको ३ करोड ८१ लाख ५३ हजार कित्ता बोनस सेयर दर्ता भएको हो । बोनस सेयर कारोबारका लागि नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सुचिकृत भएका छन् । सूची हेर्न यहाँ क्लिक गर्नुहोस यसअवधिमा सबैभन्दा बढी बोनस सेयर दिनेमा हिमालयन बैंक भएको छ । हिमालयनले गत आर्थिक वर्षमा गरेको नाफाबाट लगानीकर्तालाई २५ प्रतिशत अर्थात १ अर्ब ६२ करोड २९ लाख रुपैयाँ बराबरको १ करोड ६२ लाख २९ हजार कित्ता बोनस सेयर वितरण गरेको नेपाल धितोपत्र बोर्डले जनाएको छ । यस्तै कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले लगानीकर्तालाई २१.२१ प्रतिशत अर्थात १ करोड ७५ लाख रुपैयाँ बराबरको १ लाख ७५ हजार कित्ता बोनस सेयर दर्ता भएको छ । यस्तै सुर्यौैैदय लघुवित्त वित्तीय संस्था लिमिटेडको १९ प्रतिशत अर्थात ७६ लाख रुपैयाँ बराबरको ७६ हजार कित्ता, युनाइटे फाइनान्स लिमिटेडको १९ प्रतिशत अर्थात १२ करोड ७८ लाख १३ हजार रुपैयाँ बराबरको १२ लाख ७८ हजार कित्ता बोनस सेयर दर्ता भएको छ । यसैगरी सिद्धार्थ बैंकको १४ प्रतिशत अर्थात ९५ करोड ५६ लाख ५६ हजार रुपैयाँ बराबरको ९५ लाख ५६ हजार कित्ता, मेगा बैंकको १०.७५ प्रतिशत अर्थात ९९ करोड ८६ लाख ९५ हजार कित्ता सेयर दर्ता भएको छ । नेपाल कम्युनिटी डेलपमेन्ट बैंकको ८.६१ प्रतिशत अर्थात ४ करोड १७ लाख र मञ्जुश्री फाइनान्स लिमिटेडको ५.७१ प्रतिशत अर्थात ४ करोड ६४ लाख रुपैयाँको बोनस सेयर दर्ता भएको बोर्डले जनाएको छ । गत आर्थिक वर्षमा बैंक तथा वित्तीय संस्था, जलविद्युत लगायत विभिन्न ११२ कम्पनीले लगानीकर्तालाई ३३ अर्ब ८ करोड ६९ लाख रुपैयाँ बराबरको बोनस सेयर वितरण गरेका थिए ।