संकटग्रस्त क्यापिटल मर्चेन्टमा प्रवलजंग पाण्डे समूहको प्रवेश, नयाँ लगानीकर्ताले २२ रुपैयाँमा संस्थापक सेयर किने
काठमाडौं । संकटग्रस्त घोषित भइ कारोबार नै बन्द भएको क्यापिटल मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स लिमिटेडमा नयाँ लगानीकर्ताको प्रवेश भएको छ । बन्द अवस्थामा रहेको फाइनान्समा युवा उद्यमी प्रवलजंग पाण्डेलगायत अन्य नयाँ लगानीकर्ताको प्रवेश भएको हाे । नयाँ लगानीकर्ताको प्रवेशका लागि नेपाल राष्ट्र बैंकले संस्थापक सेयर कारोबारको बाटो खुला गरेको थियो । बन्द रहेकाे क्यापिटल पुनः सञ्चालनमा अाउने भएकाे छ । आइतबार पाण्डे समूहले क्यापिटलकाे संस्थापक सेयर प्रतिकित्ता २२ रुपैयाँमा खरिद गरेका छन् । प्रतिकित्ता २२ रुपैयाँमा ६ करोड ४ लाख २२ हजार रुपैयाँ बराबरको संस्थापक सेयर बिक्री भएको छ । क्यापिटलको सेयर म्यानुअल किनबेच भएको थियाे ।क्यापिटलको साधारण सेयर पनि प्रतिकित्ता २२ रुपैयाँमा बिक्री भएको छ । आइतबार फाइनान्सको ६२ लाख रुपैयाँको सेयर किनबेच भएको छ । बन्द रहेकाे क्यापिटल मर्चेन्टमा लगानी गरेको उद्यमी पाण्डेले बताए । उनले कम्पनीको मूल्याँकन सकेर ६ महिनाभित्र समस्याग्रस्त मुत्त बनाउने याेजना रहेकाे जानकारी दिए । कुल ९६ लाख कित्ता सेयर रहेकोमा पाण्डे समूहले ६० लाख कित्ता स्वामित्व किनेको छ । ७० प्रतिशत स्वामित्व नयाँ लगानीकर्ताको हुने छ । बाँकी ३० प्रतिशत सर्वसाधारणको लगानी हुने छ । कर्जाको दुरुपयोग भएपछि संस्था वित्तीय अवस्थामा धरासायी भएपछि राष्ट्र बैंकले २०६९ साल माघ ९ गते कम्पनीलाई समस्याग्रस्त घोषणा गरेको थियो । कम्पनीको चुक्ता पूँजी ९३ करोड ५० लाख रुपैयाँ छ । क्यापिटलसंग ८३ करोड ४० लाख रुपैयाँ निक्षेप छ ।
मञ्जुश्री फाइनान्सको ९ प्रतिशत लाभांशको प्रस्ताव
काठमाडौं । मञ्जुश्री फाइनान्स लिमिटेडले सेयरधनीलाई ९ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । गत शुक्रबार बसेको फाइनान्सको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षमा गरेको नाफाबाट लगानीकर्तालाई ७ करोड २३ लाख रुपैयाँ नगद लाभांश दिने निर्णय गरेको छ । नेपाल राष्ट्र बैंकबाट स्वीकृति र वार्षिक साधारणसभाबाट अनुमोदन भएपछि मात्र लाभांश वितरण हुने फाइनान्सले जनाएको छ ।
एनसीसी बैंकको हकप्रद सेयर निष्कासनको म्याद १५ दिनथप, असोज २२ गतेसम्म भर्न सकिने
काठमाडौं । नेपाल क्रेडिट एन्ड कमर्श (एनसीसी) बैंकको हकप्रद सेयर निष्कासनको म्याद १५ दिन थप भएको छ । एनसीसीको सञ्चालक समिति बैठकले आगामी वर्ष असोज २२ गतेसम्म हकप्रद सेयर भर्न पाउने निर्णय गरेको छ । यसअघि असोज ७ गते अर्थात आइतबारसम्म मात्र थियो । बैंकले चुत्तापुँजी बढाउन ५० प्रतिशत अर्थात २ अर्ब ३३ करोड ९५ लाख रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गरेको थियो ।