एभरेष्ट बैंकका कार्ड होल्डरले स्टार हस्पिटलमा छुट पाउने

<p>काठमाडौं । एभरेष्ट बैंक लिमिटेडका डेबिट तथा क्रेडिट कार्डका होल्डर ग्राहकहरुले स्टार हस्पिटलको सेवामा विशेष छुट पाउने भएका छन् । उक्त छुट दिने सम्बन्धि एभरेष्ट बैंक र स्टार हस्पिटलबीच सम्झौता भएको छ । सम्झौतामा बैंकका जनरल मेनेजर राजिव जैन तथा हस्पिटलका प्रमुख संचालन अधिकृत सन्देश जीसीले हस्ताक्षर गरेका छन् । यो छुट बैंकका डेविड तथा [&hellip;]</p>

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडका डेबिट तथा क्रेडिट कार्डका होल्डर ग्राहकहरुले स्टार हस्पिटलको सेवामा विशेष छुट पाउने भएका छन् । उक्त छुट दिने सम्बन्धि एभरेष्ट बैंक र स्टार हस्पिटलबीच सम्झौता भएको छ ।

सम्झौतामा बैंकका जनरल मेनेजर राजिव जैन तथा हस्पिटलका प्रमुख संचालन अधिकृत सन्देश जीसीले हस्ताक्षर गरेका छन् ।

यो छुट बैंकका डेविड तथा क्रेडिट कार्ड होल्डरहरुले बेड चार्ज, ल्याव टेष्ट, एक्स्रे, इसिजी, अपरेशन चार्ज, इन्डस्कोपि तथा कोलोनोस्कोपी, यूएसजी, सीटी स्क्यान, तथा पीटीएफ मेडिसिनमा पाउन सक्नेछन् ।

Share News