जानकी फाइनान्सको साधारणसभा असोज २९ मा, २२ प्रतिशत बोनस सेयर पारित गर्ने
काठमाडौं । जानकी फाइनान्स कम्पनी लिमिटेडको २२ औं वार्षिक साधारणसभा असोज २९ गते हुने भएको छ । सभाले गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई २२ प्रतिशत बोनस सेयर दिने प्रस्ताव पारित गर्ने छ । कम्पनीले ८ करोड ८७ लाख रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने छ । यस्तै वोनस सेयर कर प्रयोजनका लािग १.१६ प्रतिशत नगद लाभांश दिने प्रस्ताव सभामा पेश हुने छ ।
फस्र्ट माइक्रोफाइनान्सको साधारणसभा असोज २७ मा, १२.६३ प्रतिशत लाभांश पारित गर्ने
काठमाडौं । फस्र्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको नवौं वार्षिक साधारणसभा असोज २७ गते हुने भएको छ । सभाले गत आर्थिक वर्षमा गरेको नाफाबाट लगानीकर्तालाई १२.६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने छ । सभाले क वर्गका ३ जना संस्थापक सेयरधनीको निर्वाचन गर्ने कार्यक्रम रहेको संस्थाले जनाएको छ ।
महालक्ष्मी विकास बैंंकको साधारणसभा असाज २६ मा, १५ प्रतिशत लाभांश दिने प्रस्ताव पारित गर्ने
काठमाडौं । महालक्ष्मी विकास बैंकको १७ औं वार्षिक साधारणसभा असोज २६ गते हुने भएको छ । सभाले गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई १५ प्रतिशत लाभांश दिने प्रस्ताव पारित गर्ने छ । गत आर्थिक वर्षमा गरेको नाफाबाट बैंकले चुत्तापुँजीको ७ प्रतिशत अर्थात १८ करोड ४३ लाख रुपैयाँ नगद लाभांश दिने प्रस्ताव सभाले पारित गर्ने छ । यस्तै ८ प्रतिशत अर्थात २१ करोड ७ लाख रुपैयाँ बराबर बोनस सेयर दिने प्रस्ताव पेश हुने बैंकले जनाएको छ । महालक्ष्मीलाई अन्य बैंक तथा वित्तीय संस्थासंग गाभ्न र प्राप्तिका लागि सञ्चालक समितिलाई सैदान्तिक सहमति दिने प्रस्ताव सभाले पारित गर्ने छ । बैंकको चलअचल सम्पत्ति, दायित्व तथा कारोबारको मूल्याँकन (डीडीए) गर्न परामर्शदाता, मूल्याँकनकर्ता र लेखापरीक्षक नियुत्त गर्ने छ ।